सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दशैँ दशा भएर आयो’

<span class='c1'>सुनसरीमा किसान भन्छन् : ‘यसपटकको</span> <span class='c2'>दशैँ दशा भएर आयो’</span>

इनरुवा (सुनसरी) । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो ।

उहाँले तीमध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गर्नुभएको थियो । उहाँले भन्नुभयो, “दशैँ अगाडि नै धान भित्र्याउने सोच बनाएको थिएँ। आफूलाई खान पुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी गरेको थिएँ । यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो ।”

यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उहाँले भन्नुभयो, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ ।”

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु.४० हजार खर्च गर्नुभएको थियो । उहाँले भन्नुभयो, “बाढीले भित्र्याउने बेलामा भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दसैँ दशा भएर आयो । ”

बाढीका कारणले जिल्लाको धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा रु. ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ ।

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवम् तथ्याङ्क सङ्कलन जारी छ । कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले बाढीबाट रु. दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ्क आउने क्रम जारी छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्