झापा । झापाको मेचीनगर नगरपालिका-८ स्थित राजपैनीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
असोज २० गते बिहान स्थानीय ३८ बर्षीय राम कुमार गिरीले घर नजिकै रहेको पैनीमा विद्युतीय तारबाट करेन्ट सप्लाई गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल