सप्तकोशीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

<span class='c1'>सप्तकोशीमा ‘जेटबोट’</span> <span class='c2'>पुनः सञ्चालनमा</span>

धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि सोमबार पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

केही समयअगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उनले भने, “चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा सुरु गरिएको हो ।”

हाल सुनसरीको चतरादेखि बराहक्षेत्रहुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए ।

सोमबार विहान सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पुगेर प्रजिअ तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेललगायतले निरीक्षण गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्