गाउँकी उद्यमी चन्द्र कुमारीको संघर्षको कथा (भिडियोसहित)

<span class='c1'>गाउँकी उद्यमी चन्द्र कुमारीको</span> <span class='c2'>संघर्षको कथा (भिडियोसहित)</span>

विराटनगर । सहज जीवनको आशा सहित दुई दशक अघि संखुवासभाबाट मधेश झरेकी चन्द्रकुमारी भेटवाल पुख्र्यौली पेसालाई विस्तार गर्दै सफल उद्यमी बनेकी छन् ।

मोरङको सुनबर्सी नगरपालिका -६ कमही टोलकी भेटवालले गाई फर्म र दूध संकलन केन्द्र खोलेकी छन् । व्यवसायबाट परिवारका ५ जना स्वरोजगार बनेका छन् । गाउँका तीन जनालाई नियमित रोजगारी दिएकी छन् ।

पशुपालन उनको पुख्र्यौली पेसा हो । १२ वर्षअघिबाट भने उनले व्यावसायिक रुपमा गाईपालन सुरु गरेकी थिइन्, अहिले उनको गोठभरी गाईभैंसी छन्, घरमै दूध संकलन केन्द्र पनि खोलेकी छन् । चन्द्रकुमारीलाई गाई पालन सुरु गर्दा जीवन विकास लघुवित्त वित्तीय संस्थाले ऋण सहयोग गरेको थियो । जीवन विकासबाट ऋण लिएर गोठ बनाएकी चन्द्रकुमारीलाई गाई खरिदका लागि पनि जीवन विकासले सहयोग गर्यो । व्यवसाय विस्तारका लागि निरन्तर सहयोग गरिरहेको छ ।

चन्द्रकुमारीले गाई पालन व्यवसाय गर्दा केही वर्ष अरुकै डेरीमा दूध बेचिन् । २०७४ सालदेखि भने उनले आफै डेरी खोलिन्, डेरी खोले पछि गाउँका किसानले उत्पादन गरेको दूध पनि सङ्कलन गरेर बेच्न थालेकी हुन् । डेरीमा गाउँबाट दैनिकजसो १ हजार ४ सय लिटर दूध संकलन हुन्छ । दूध खरिदका लागि जीवन विकास डेरीको गाडी उनको घरसम्म पुग्छ । दूध संकलनका लागि पाँच सय लिटरको मेसिन खरिद गरेकी चन्द्रकुमारीलाई जीवन विकास डेरीले एक हजार लिटर क्षमताको दूध चिस्यान मेसिन दिएको छ । पशुपालन र दूध संकलन केन्द्रबाट उनले राम्रो आम्दानी गरिरहेकी छन् ।

गाई पालन र दूध संकलनको व्यापार सुरु गरेपछि चन्द्रकुमारीले घर बनाएकी छन् । ट्याक्टर, पिकअप भ्यान र सिटी सफारी पनि जोडेकी छन् ।
ट्याक्टर खेतीमा प्रयोग हुन्छ, पिकअप भ्यान र सिटी सफारीमा गाउँका किसानले उत्पादन गरेको दूध सङ्कलन गर्छन् । त्यस बाहेक उनले घरमा किराना पसल पनि सुरु गरेकी छन् । पशुपालन र डेरी उद्योगलाई उनले विस्तार गरिरहेकी छन् ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्