इलाममा हात्ती आक्रमणबाट एक वृद्धको मृत्यु

<span class='c1'>इलाममा हात्ती आक्रमणबाट</span> <span class='c2'>एक वृद्धको मृत्यु</span>

इलाम । इलामको चुलाचुलीमा हात्ती आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चुलाचुली गाउँपालिका–१ का ७३ वर्षीय राजकुमार राई रहेका छन् ।

सोमबार बेलुका गाउँ पसेका हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणमा परी राई घाइते भएका थिए । घाइते राईलाई झापाको दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । उपचारका क्रममा राईको गए राति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । चुलाचुली–१ घर भएका राई वडा २ को निगुरेमा खेतीपाती गरी बस्दै आएका थिए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्