वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएपछि धरान उपमहानगरपालिकामा विवाद

<span class='c1'>वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएपछि</span> <span class='c2'>धरान उपमहानगरपालिकामा विवाद</span>

इन्दु साह
विराटनगर। वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएपछि धरान उपमहानगरपालिकामा विवाद उत्पन्न भएको छ।

नगर प्रमुख हर्क राज राई (हर्क साम्पाङ) उपप्रमुख हुँदाहुँदै वडा ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यबाहक प्रमुखको जिम्मेवारी दिएपछि यो विवाद उत्पन्न भएको हो।

प्रमुखको अनुपस्थिती अवधिका लागि असोज २८ गतेदेखि लागू हुने गरी वडाध्यक्षलाई कार्यबाहक प्रमुखको जिम्मेवारी दिइएको छ। तर स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगर प्रमुखको अनुपस्थितिमा उपप्रमुखलाई कार्यबाहक प्रमुखको जिम्मेवारी दिनुपर्ने व्यवस्था रहेको छ। यस निणर्यप्रति असन्तुष्टि जनाउँदै उपप्रमुख अइन्द्र विक्रम बेघाले मंगलबार पत्रकार सम्मेलन गर्ने भएका छन्। उनका स्वकीय सचिवका अनुसार मेयरले कुन कानुन बमोजिम यो निर्णय गरेको भन्ने कुरा पत्रमा खुलाइएको छैन। कार्यबाहक प्रमुखलाई दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने अधिकार दिइए पनि, कार्यपालिका बैठक बोलाउने, नयाँ बजेट योजना स्वीकृत गर्ने वा कर्मचारी भर्ना एवं सरुवा-बढुवा गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सीमा तोकिएको छ। साथै कार्यबाहकको जिम्मेवारी पाएका वडाध्यक्ष फागुले भने यस विषयमा आफूलाई केही थाहा नभएको र मेयरले जारी गरेको पत्र बमोजिम उपमहानगरपालिकामा उपस्थित भएको बताएका छन्।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्