समयको फड्कोले चिनाएको गाउँघरको परिवेश

<span class='c1'>समयको फड्कोले चिनाएको</span> <span class='c2'>गाउँघरको परिवेश</span>

-प्रेम देवान
अहिलेको समयमा कमैको हातमा मात्रै मोवाइल नहोला । सबै पुस्ताको हातमा मोवाइल छ । अधिकांश किशोर किशोरी युवा पुस्ता तथा वृद्धवृद्धाको हातमा मोवाइल हुन्छ नै । हातमा बोक्ने मोवाईलले राम्रो लागेका स्थान र नौलो लागेका विषय वस्तुहरु मोवाईलमा कैद गर्ने चलन छ । विगतको बर्षभन्दा यसपटकको दशैँमा सामाजिक संजालहरुमा गाँउघरका आ–आफ्नै परिवेशका फोटा तथा भिडियोहरु देख्न पाईयो ।
आजको समयमा गाँउघरका साना साना विषय वस्तुहरुले राम्रो स्थान पाउन थालेका छन् । कुनै ताका दशैंमा टिका लगाएको तस्वीर हेर्नको लागी महिनौ दिन लाथ्यो । अहिले सेकेण्डभरमा नै संसारभरी देख्न सकिन्छ । हाम्रो बाजे बोजुको पालामा रिलबाट फोटो खिचिन्थ्यो भने अहिले डिजिटल जमनामा क्षणभर मै आफुले खिचिएका तस्वीरहरु हेर्न पाईन्छ । प्रविधीले फड्को मारेसँगै गाउँघर होस या दुरदराजमा लुकेका प्रतिभाहरुलाई पनि चिनाउने एउटा ठुलो माध्यम बनेको छ । आजभन्दा १५ – २० बर्ष अगाडी भने त्यो सुविधा थिएन ।

कतिपय राम्रा कुराहरु त्यसै हराएर जान्थे भने कतिपय कुराहरु क्यामारामा कैद गर्न नपाउदा खल्लोपना हुने गर्दथ्यो । मोवाइल र ईन्टरनेटको पहुचले गर्दा राम्रा नराम्रा दुवै पक्ष हाम्रो समाजले सामाना गरिरहनु परेको छ । प्रविधीले मारेको फड्कोले गर्दा क्षणभरमा नै गाँउघरका सुचनाहरु पनि प्राप्त गर्न सकिरहेका छौ भने त्यो ठाँउको परिवेशलाई पनि विश्व सामु चिनाउने एउटा राम्रो माध्यम बनेको छ । यसपटकको दशैमा शहरबाट गाँउ गएका अधिकास मानिसहरुले आफ्नो गाउँठाउँको परिवेशमा बसेर फोटो तथा भिडियोहरु राखेका छन् ।

त्यति मात्र नभएर आफ्ना बुढाबुढी भएका बाजे–बोजु हजुरबुबा हजुरा–आमा , काका–काकी , मामा–माईजु आफन्तजनहरुको तस्वीर राखेर पोष्टाईएको तस्वीरहरुले त झनै फरक आभाष दिलाएको पाईन्छ । गाँउघरको रहनसहन ,सस्कृति , भेषभुषा , खानपिन त्यहाँको अर्गानिक लगाई खुवाईका भिडियो तथा फोटाहरु राखेर चिनाउदा पनि आन्तरिक पर्यटन प्रवद्धनमा ठुलो टेवा मिल्ने देखिन्छ । प्रविधीको फड्कोले नै गर्दा सामाजिक संजालमा भाईरल बन्ने ट्रेण्ड पनि उति कै छ । गाँउघरमा लुकेका प्रतिभाहरु सामाजिक संजालमा लगाउने वित्तिकै भाईरल बनाएर युटुवरहरुले पनि राम्रै आम्दानीको स्रोत बनाईरहेको स्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्