भारतको गंगा नदीमा नुहाउने क्रममा बगाएर इलामका एक युवाको मृत्यु, अर्का एक वेपत्ता

<span class='c1'>भारतको गंगा नदीमा नुहाउने क्रममा बगाएर इलामका</span> <span class='c2'>एक युवाको मृत्यु, अर्का एक वेपत्ता</span>

विराटनगर । भारत उत्तर प्रदेश राज्यको वाराणसीस्थित गंगानदीमा नुहाउने क्रममा इलामका एक युवाको डुबेर मृत्यु भएको छ भने अर्का एक वेपत्ता भएका छन् । इलामको सुर्योदय नगरपालिका गोगनेका अम्बिका न्यौपाने (अभिमन्यु) को शव निकालिएको छ भने इलाम रोङ गाउँपालिका–३ का टिकाराम न्यौपाने वेपत्ता भएका हुन् ।

उनीहरु गत बुधबार वाराणसीको बालाजी घाटमा नुहाउने क्रममा नदीले बगाएको थियो । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार अभिमन्यु र टिकाराम दुवैजना गंगा नदीको किनारा नजिक पानीमा केहिबेर बसेका थिए । त्यसपछि पानीबाट एक्कासी उठेका थिए । त्यसपछि दुईजनामध्ये अभिमन्यु केहि तेज वहाव भएतर्फ गएका थिए । त्यसपछि टिकाराम समेत गए ।

दुवैजना गंगा नदीको गहिराईमा पुगेपछि उनीहरुलाई पानीको तेज वहावले क्रमशः गहिराईतर्फ तानेर डुबाएको थियो । सुरुमा अभिमन्युलाई डुबेका थिए, उनलाई तान्न जाने क्रममा टिकारामलाई समेत बगाएको थियो । घटनापछि किनारमा रहेका केहि युवाहरुले उनीहरुलाई निकाल्ने प्रयास असफल भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

वाराणसीको जल पुलिसकर्मीले उनीहरुको खोजतलास गर्दा अभिमन्युको लास फेला परेपनि टिकाराम अझैसम्म वेपत्ता रहेका छन् । घटनापछि इलामको रोङ गाउँपालिका र सुर्योदय नगरपालिकाबाट आफन्तजनहरु त्यहाँ पुगेका छन् । अभिमन्यु र टिकाराम नातामा दाजुभाई हुन् । दुवैजना वृद्धावनमा बसेर संस्कृत अध्ययन गरेका थिए । त्यसमध्ये टिकाराम संस्कृतमा शास्ती उत्र्तिण हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्