इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै

<span class='c1'>इटहरीका दश परिवार नाङ्लो</span> <span class='c2'>बुनेर लोभलाग्दो आम्दानी गर्दै</span>

धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् ।

सोही स्थानका वसन्त राई दुई दशकदेखि नाङ्लो बुन्दै आउनुभएको छ । भोजपुर होम्ताङका उहाँको व्यवसाय नै नाङ्लोको व्यापार हो । नाङ्लो बेचेर उहाँले घरव्यवहार चलाउँदै आउनुभएको छ । इटहरी सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य छभने सबैको आम्दानीको स्रोत नै नाङ्लोे बुन्ने र बेच्ने भएको छ । उहाँले तालतलैया, खोर्सानेघाटबाट बाँस ल्याउने गर्नुभएको छभने केही आफैँले पनि रोप्नुभएको छ । उहाँले दैनिक १० वटासम्म नाङ्लो बुन्ने गरेको बताउनुभयो ।

एक पटकमा दुई सय वटासम्म बिक्रीका लागि नाङ्लो लैजाने गरेको तथा महिनामा रु २० देखि २५ हजारसम्मको नाङ्लो बिक्री गर्दै आएको उहाँले बताउनुभयो । एउटा नाङ्लो रु एक सय ५० देखि दुई सयसम्ममा बिक्री हुने गरेको छ ।
नाङ्लो विशेषगरी असोज–कात्तिकमा धेरै बिक्री हुने गरेको, यसको कमाइले घरखर्च पुगेको अर्का उद्यमी विक्रम राईले बताउनुभयो । उहाँले ग्राहकको मागअनुसार नाङ्लो बनाउने गरेको बताउनुभयो । धरान, विराटनगर, पथरीलगायत क्षेत्रका ग्राहकले नाङ्लो माग गर्दै आएका छन् ।

नाङ्लो व्यवसायी कोपिला राई बजारमा नाङ्लोको माग बढे पनि मूल्य यथावत् रहेको बताउँदै अब लागतअनुसार दाम पनि बढाउन आवश्यक भएको बताउनुहुन्छ । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएका विक्रम राईले महिनामा दुई सयभन्दा बढी नाङ्लो बेच्ने गर्नुभएको छ ।

नाङ्लो बनाउने बाँस पाउन गाह्रो भएको एउटा सिङ्गो बाँस रु दुई सयसम्म पर्ने गरेको जानकारी दिँदै उहाँले एउटा बाँसबाट १० वटासम्म नाङ्लो बनाउन सकिने बताउनुभयो । “आफ्ना उत्पादन बोकेर गाउँ डुल्नु पर्दैन, घरमा नै आएर व्यापारीले लैजान्छन् । मेहनतअनुसारको कमाइ हुन्छ,” नाङ्लो बुनेर घरखर्च चलाउँदै आउनुभएका विक्रमले घरका सबैले नाङ्लो बुन्ने गरेका जानकारी दिँदै भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्