मेची भन्सारमा तीन अर्ब ५८ करोड राजश्व सङ्कलन

<span class='c1'>मेची भन्सारमा तीन अर्ब</span> <span class='c2'>५८ करोड राजश्व सङ्कलन</span>

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजश्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो ।

चालु आव २०८१/८२ मा उक्त कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिनुभयो । आव २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा रु १९ करोड १७ लाख ४१ हजारले बढी हो ।

आव २०८०/८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजश्व सङ्कलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो । आव २०८१/८२ मा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजश्वको लक्ष्य घटाइएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्