उर्लाबारीबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधीसहित तीन जना पक्राउ

<span class='c1'>उर्लाबारीबाट ठूलो परिमाणमा प्रतिबन्धित</span> <span class='c2'>औषधीसहित तीन जना पक्राउ</span>

विराटनगर । ठुलो परिमाणमा प्रतिबन्धित औषधीसहित मोरङ प्रहरीले उर्लाबारीबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थायी घर सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्बर १७ भई हाल उर्लाबारी ६ पानीट्याङ्की टोलमा बस्दै आएका ५१ वर्षीय काजिमान सार्की , झापाको दमक ४ घर भई हाल उर्लाबारी ६ मै बस्दै आएका ३० वर्षीय प्रकाश विश्वकर्मा र उर्लाबारी वडा नम्बर ३ नयाँ मंगलबारेका २८ वर्षीय निशान्त थापा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

उनीहरुमध्ये काजिमान र प्रकाशलाई गत शुक्रबार दिउसो करिव ४ बजे पक्राउ गरिएको थियो भने थापालाई शनिबार दिउसो करिब ४ः१० बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक राकेश यादवले बताए । उनीहरुले प्रतिबन्धित औषधी विक्रि वितरण गर्दैआएको भन्ने सुचनाका आधारमा उर्लाबारी प्रहरीले उनीहरुलाई विगत २ हप्तादेखी निगरानीमा राख्दै आएको बताईएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउसो प्रकाशले चलाएको को १ ह २६१० नम्बरको सिटी रिक्सामा प्रतिबन्धित लागुऔषध ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुलस्स आईपी लेखिएको १ सय पत्ता ,(१) वटाको दरले १ हजार गोटि र डिक्लोमीन हाईड्रोक्लोराईड ट्याब्लेट आई।पी। लेखिएको १ सय पत्ता (१) वटाको दरले १ हजार गोटि)सहित सार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले बताए ।

प्रहरीले उनीहरुलाई पक्राउ गरि अनुसन्धान गर्ने क्रममा उक्त प्रतिबन्धित औषधी नयाँ मंगलबारेका निशान्त थापासँग खरिद गरिएको खुलेको जनाईएको छ । प्रहरीले मोरङ जिल्ला अदालतबाट थापाविरुद्ध पक्राउ पुर्जी स्विकृत भई उनलाई शनिबार घरबाटै पक्राउ गरिएको निरिक्षक यादवले बताए ।

प्रहरीले उनको जिउ तथा शरिर तालासी गर्ने क्रममा प्रतिबन्धित ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुलस्स आईपी लेखिएको १ सय ५० पत्ता ,(१) वटाको दरले १ हजार ५ सय गोटि) र डिक्लोमीन हाईड्रोक्लोराईड ट्याब्लेट आई।पी। लेखिएको १ सय ५) पत्ता (१) वटाको दरले १ हजार ५ सय गोटि) सहित ( हजार ५ सय रुपैया नगद र उनले प्रयोग गरेको एक थान मोवाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीस्रोत अनुसार मंगलबारेका थापा प्रतिबन्धित औषधी विक्रि वितरण कार्यमा लामो समयदेखी संलग्न रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्