विराटनगरको नर्सरीले प्रक्रिया पुरा गरेर भित्र्याएको बिरुवा सशस्त्र र क्वारेन्टाइनको तानातानमा नष्ट

<span class='c1'>विराटनगरको नर्सरीले प्रक्रिया पुरा गरेर भित्र्याएको</span> <span class='c2'>बिरुवा सशस्त्र र क्वारेन्टाइनको तानातानमा नष्ट</span>

विराटनगर । प्रक्रिया पुरा गरेर भित्र्याइएको पाँच हजार एक सय बिरुवा व्यवसायिबीचको अस्वस्थ्य प्रतिस्पर्धाको दवावमा परेर नष्ट गरिएको छ । बिरुवा नष्ट गर्ने निकायमा प्लान्ट क्वारेन्टाइन समेत संलग्न हुँदा यसको आयात प्रक्रियामै मिलेमतो आशंका समेत गरिएको छ ।
नेपालमा भारतबाट बिरुवा भित्र्याउँदा पुष्प विकास समितिको सिफारिस अनिवार्य छ । यो सिफारिस लिएर पैठारीकर्ताले कोलकातास्थित क्वारेन्टाइनबाट स्वस्थ्यताको प्रमाणपत्र लिनुपर्दछ । यो प्रमाणपत्र लिएपछि बिरुवा पैठारी हुन्छ । बिरुवा भन्सारमा आएपछि प्लान्ट क्वारेन्टाइनबाट त्यसको परीक्षण प्रतिवेदन दिइन्छ । त्यो प्रतिवेदनका आधारमा भन्सार जाँचपास हुन्छ ।

विराटनगर–१४ स्थित डायमण्ड नर्सरीले गत कार्तिक ६ गते भन्सार मूल्याकंन एकलाख ४९ हजार भारतीय मूल्य देखाएर ४६ हजार भन्सार बुझाएको पाँच हजार १०० बिरुवा भने अनलोड हुन थालेपछि सशस्त्रले नियन्त्रणमा लिएर चारदिनपछि नष्ट गरिएको छ ।
भन्सार जाँचपासको प्रक्रिया सकाएर कार्तिक ६ गते नर्सरीमा अनलोड भईरहेको अवस्थामा ट्रक नियन्त्रणमा लिइएको थियो । उक्त ट्रक क्वारेन्टाइनमा बुझाएर यसको परीक्षण गर्न भनिएको थियो । सशस्त्र प्रहरीले बिरुवा माटोसहित आएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको थियो । सशस्त्र प्रहरी नेपाल मोरङका प्रहरी उपरीक्षक विश्व खड्का अनुसार प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाकै अनुरोधमा बिरुवा नष्ट गरिएको हो ।

उनको दावी अनुसार क्वारेन्टाइनले बिरुवा ल्याउँदा अन्य देशको माटोसहित ल्याएपछि नष्ट गर्नुपर्ने प्रतिवेदन दिएको छ । एसपी खड्काले आफ्नो ठूलो स्वार्थ नभई यो आयात प्रक्रियामा रहँदा क्वारेन्टाइन र भन्सारले कसरी जाँचपास गरेको हो ? भन्ने प्रश्न चाँहि गम्भीर रहेको बताए ।
तर, प्लान्ट क्वारेन्टाइन विराटनगरका प्रमुख नन्दकिशोर सिंहले सबै प्रक्रिया पुरा गरेर ठिकठाकसँग भित्र्याइएको बिरुवा नर्सरीमै पुगेर प्रशासनले नियन्त्रणपछि नष्ट गर्ने बेलामा बोलाएको दावी गरेका छन् । उनीसँग आफैं आयातयोग्य छ भनेर प्रमाणपत्र जारी गरेको वस्तु आफैं ल्याउन नमिल्ने हो किन भन्नुपरो भनेर सोध्दा भने–सुरुमा कोकोपिटसँग मात्रै थियो, सशस्त्रले नियन्त्रणमा लिएपछि माटो पनि देखियो । माटोसहितको बिरुवा चाँहि ल्याउन नपाउने थियो । सिंह प्रमुख भएको कार्यालयले सुरुमै भन्सार जाँचपासका लागि जारी गरेको प्रमाणपत्रको विरोधाभाष हुने गरि सशस्त्रलाई पत्र दिइएको छ ।

प्रक्रियागत रुपमा भन्सार जाँचपास गरेर भित्र्याइएको बिरुवा सशस्त्रले दवावमा नष्ट गरेपछि व्यवसायीले भने क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्ने प्रक्रिया सुरु गरेका छन् । त्यसका लागि क्वारेन्टाइनसँग कसरी र कुन आधारमा बिरुवा नष्ट गरिएको भन्ने पत्र मागिएको छ ।
भन्सार जाँचपास गर्ने एजेन्टहरुका अनुसार भारतबाट आँप, लिची र कटहर, गुलाबसहितका बिरुवा भित्र्याउन प्रतिबन्धित छ । यी बिरुवा भारतले नै निर्यात रोक्छ । तर, नेपालमा पैठारी गर्न मिल्ने र भारतले पनि निर्यात गर्न मिल्ने बिरुवा भित्र्याउन सबै प्रक्रिया पुरा भएको भएपनि बिरुवा नष्ट गरिएको विषय चौतर्फी चासो र आलोचनाको विषय भएको छ । माटोसहित ल्याएको बहानामा नष्ट गरिएपनि सशस्त्रले यो गर्न मिल्दैनथ्यो । कि त राजस्व वा भन्सार कार्यालयमा पठाएर यसको उपचार खोज्नुपर्ने जाँचपासमा संलग्नहरु बताउँछन् ।
माटोमा विषादी थियो वा थिएन या त संक्रमित थियो थिएन भन्ने यकिन गर्ने निकाय मोरङमा छैन । त्यसको परीक्षण समेत नगरीकन बिरुवा नष्ट गरिएको हो ।

विराटनगरमा व्यवसायिक रुपमा बिरुवा भित्र्याउने नर्सरी डायमण्ड र हिमाल मात्रै रहेका छन् । ती नर्सरीले मगाएको बिरुवा अन्य नर्सरीले किन्ने गरेका छन् । डायमण्डले बिरुवा भित्र्याएको सूचना अवैध रुपमा बिरुवा भित्र्याउनेहरुले दिएको खुलेको छ ।
बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन २०६४ को दफा ८ को उपदफा १ मा बिरुवा बिरुवाजन्य उपज (बायोलोजिकल कन्ट्रोल एजेन्ट, लाभदायक किरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पिट) आदी पैठारी गर्न चाहने व्यक्ति वा संस्थाले प्रक्रिया पूरा गर्न पाउँछ । यसको उपदफा २ मा उफदफा १ बमोजिम परेको निवेदन जाँचबुझ गरेर उपयुक्त देखिएमा अधिकारीले अनुमति दिन सक्नेछ । तर, यसको प्रक्रियामा प्रवेश नै नगरी माटोसहित ल्याएको भएर पाँच हजार बिरुवा नष्ट गरिएको हो । सशस्त्रले क्वारेन्टाइनलाई परीक्षण गर्न बुझाएको ट्रक तीनदिन त्यसै रोकेर राखिएको थियो । सात सय बिरुवा मात्रै माटोसहित रहेपनि बाँकी बिरुवा समेत नष्ट गरिएपछि यसले सर्वत्र चासो र आशंका सिर्जना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्