विराटनगर भन्सार कार्यालय परिसरमा ट्राफिक प्रमुख कै अगाडि हेलमेट विना सररर…

<span class='c1'>विराटनगर भन्सार कार्यालय परिसरमा ट्राफिक प्रमुख</span> <span class='c2'>कै अगाडि हेलमेट विना सररर…</span>

प्रेम देवान
विराटनगर । विराटनगर १८ स्थित आइसीपी एकीकृत जाँच चौकी भन्सार कार्यालय परिसरमा अधिकास कर्मचारी तथा भन्सार एजेन्ट संघका प्रतिनिधीहरु विना हेलमेट लगाएर सवारी साधन चलाउने गरेको भेटिने गरेका छन् ।

उनीहरु भन्सार कार्यालयका भित्री सडकहरुमा तिव्र रुपमा विना हेलमेट सवारी साधान चलाउने गरेका हुन् ।

आईतबार दिउँसो जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्साल ट्राफिक सचेतना कार्यक्रमको लागि भन्सार कार्यालय पुगेका थिए । तर त्यहाँ उनकै अगाडी भने विना हेलमेट लगाएर मोटरसाईकल तथा स्कुटी चलाईरहेको भेटिएको थियो ।

त्यहाँको गतिविधी देखेर ट्राफिक प्रमुख नै अक्क न बक्क बनेका थिए । एक त उक्त स्थानमा भारतीय हेब्भी मालबहाक गाडीहरु चल्ने गरेका छन् ।

मालबहाक भारतीय गाडीहरुले कुनै पनि बेला हेलमेट नलगाई हिड्दा ठक्कर दिन सक्छ । सानो हेलचेक्राई गर्दा भोलीको दिनमा ठुलो दुर्घटना निम्ताउन पनि सक्छ । हेलमेट लगाएर सवारी साधन चलाउनु भनेको आफ्नै सुरक्षाको लागि नै हो । तर त्यहाँ अरुको लागि लगाई दिनुपर्ने हो जस्तो उनीहरु बताईरहेका थिए । एक दिन मात्र हैन हरेक दिन त्यहाँ अधिकास कर्मचारी र भन्सार कार्यालयका कर्मचारीहरु विना हेलमेट दगुरिरहेको देख्न सकिन्छ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालले नेपालको जुनसुकै स्थानमा विना हेलमेट सवारी साधन कुदाउन नपाईने बताउनुभयो । ट्राफिक प्रहरीले हरेक दिन ट्राफिक नियम बारे सचेतना पनि गरिरहेको छ, विराटनगरमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिको लागि ट्राफिक जनचेतना कार्यक्रम हरेक दिन गर्दै पनि आईरहेको छौं लम्सालले भन्नुभयो, आइसीपी एकीकृत जाँच चौकी भन्सार कार्यालय भित्र विना हेलमेट सवारी साधन चलाएको देखियो यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गम्भिर रुपमा लाग्ने छ । भोलीदेखी यस विषयमा हामी छडके चेक जाँच गर्ने छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्