लघुवित्तको सहयोगमा उद्यमी बनेकी गीता कुमारी (भिडियोसहित)

<span class='c1'>लघुवित्तको सहयोगमा उद्यमी बनेकी</span> <span class='c2'>गीता कुमारी (भिडियोसहित)</span>

विराटनगर । सँधै घरधन्दामा व्यस्त रहने विराटनगर महानगरपालिका– ६ गीताकुमारी मण्डल उद्यमी बनेकी छन् । घरमा गार्मेन्ट उद्योग खोलेकी उनी आफू स्वरोजगार भएकी छन्अ,रुलाई पनि रोजगारी दिएकी छन् ।

आँगनमा खोलेको उद्योगबाट आम्दानी पनि राम्रो गरिरहेकी छन् । पहिले गीताकुमारीलाई उद्यमी बन्छु भन्ने लागेको थिएन्,गार्मेन्टको उद्योग खोल्छु भन्ने सोचेकी पनि थिइनन् । साहुको गार्मेन्ट उद्योगमा काम गर्ने उनका श्रीमानको कमाईले परिवार जसोतसो चलेको थियो ।

श्रीमानले घरमा कहिलेकाँही आफ्नै उद्योग खोल्न पाए हुने भनेर कुरा गर्थे । तर घरेलु उद्योग खोल्नका लागि पैसा थिएन्, उद्योगका लागि चाहिने मेसिन महँगो पर्थ्यो । लघुवित्तले ऋण दिने भएपछि गीताकुमारीले उद्योग खोल्ने आट गरिन् । करिब चार वर्षअघि उनले घरकै बरण्डामा घेरबार लगाएर गार्मेन्टको घरेलु उद्योग खोलिन् । अहिले गीताकुमारीसँगै उनका श्रीमान पनि घरमै बसेर काम गर्छन्, सिजन अनुसार ४–५ जनालाई रोजगारी पनि दिएका छन् ।
साहुको काम गर्दा गीताकुमारीका श्रीमानले ३०–३५ हजार रुपैयाँ मासिक आम्दानी गर्थे । त्यो आम्दानी घरखर्च चलाउँदै सकिन्थ्यो । घरमै उद्योग खोलेपछि आम्दानी बढेको छ, मासिक करिब एक लाख कमाई हुन थालेको छ । घरखर्च राम्रोसँग चलेको छ, बचत पनि भइरहेको गीताकुमारीले बताइन् ।
गार्मेन्ट उद्योगकै आम्दानीबाट गीताकुमारीले पक्की घर बनाएकी छन् । ‘गार्मेन्टबाटै घर बनाएको छु,’उनी भन्छिन्,‘ पहिले कच्ची घर थियो,अहिले छत ढलाई गरेर पक्की बनाएको छु ।’

गीताकुमारीलाई व्यवसाय विस्तारका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरिरहेको छ । उनलाई आवश्यकता अनुसार व्यवसाय विस्तार गर्नका लागि जीवन विकासले ऋण सहयोग गर्छ । गीताकुमारी भन्छिन्,‘चाहिएको बेला ऋण लिएर व्यापार गर्छु ।’
लघुवित्तको सहयोगमा उद्यमी बनेकी गीताकुमारीले लघुवित्तबाटै आफ्नो नाम लेख्न पनि सिकेकी छन् । बाल्यकालमा स्कुल जान नपाएकी उनले जीवन विकासको सदस्य भएपछि आफ्नो नाम लेख्न जानेकी हुन् ।

समाजमा निर्धक्क रुपमा बोल्न सिकेकी उनले लघुवित्तबाट व्यवसायीक ज्ञान र सीप पनि सिकेकी छन् । घरको आँगनबाट सुरु गरेको गार्मेन्ट व्यवसायलाई विस्तार गरिरहेकी उनी गार्मेन्ट उद्योगलाई बढाउने योजनामा छिन । ‘अहिले त घरमै छ, यसलाई बढाएर ठूलो बनाउँछु,’ उनी भन्छिन्,‘ काम गर्ने मान्छे पनि बढाउँछु ।’

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्