मोरङको धनपालथान सहकारी ठगी प्रकरण : सांसद पत्नी अन्जला कोइराला र वडाअध्यक्ष सन्तलाल खवास फरार

<span class='c1'>मोरङको धनपालथान सहकारी ठगी प्रकरण : सांसद पत्नी</span> <span class='c2'>अन्जला कोइराला र वडाअध्यक्ष सन्तलाल खवास फरार</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा २६ जनाविरुद्ध मुद्दा दायर भएको छ। जसमा वडाध्यक्ष सन्तलाल खवास र अञ्जला कोइराला विरुद्ध समेत मुद्दा दर्ता भएपछि उनीहरु फरार रहेका छन् ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा २७ मंसिरमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको हो । २८ मंसिरमा जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रहरीको फरार सूचीमा रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं पूर्वउपाध्यक्ष ४३ वर्षीय सन्तलाल खवास पनि छन् । खवास २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
उमागौरी सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ अनुसार कारवाहीको माग गरिएको छ । यो सहकारी संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल परिवार र उनका कार्यकर्ता धनपालथान–४ घर भइ विराटनगरको शान्तिचोक बस्दै आएका शम्भुप्रसाद रौनियारको हो ।

यसमा सांसद पत्नी अन्जला समेत सञ्चालक थिइन् । शिक्षण पेशामा छिन् । रौनियारले सांसद पोखरेलसँगको सुझावका आधारमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने गरेका थिए । त्यसको सहजीकरण पोखरेलले मिलाउने गरेको आरोप छ । कोइरालाले सहकारी संकटमा परेपछि ५ माघ २०७८ देखि सहकारीबाट बाहिर रहँदै आएकी थिइन् । त्यसपछि सांसद पोखरेल र रौनियारको सम्बन्ध पहिला जस्तो देखिएको थिएन ।
सांसद पत्नी कोइराला सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडीसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा उनी समेत कालोसूचीमा परिन् । तर, आरएसडीसीलाई सहकारीले लिएको ऋण बुझाएको दावी रौनियारको छ । रौनियारले रकम बुझाएपनि बार्गेनिङ्ग गरेर कर्जा सुरक्षण विभागबाट कालोसूची नहटाउँदा अहिले सहकारी मुछिने अवस्था आएको हो । उनले कालोसूची हटाउन माग गर्दै अदालतमा दिएको मुद्दा विचाराधीन छ ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन भएको घटना बाहिरीएपछि सहकारी कार्यालय बन्द रहेको छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो । रौनियारले प्रदेश रजिष्टार कार्यालयका रजिष्टार हरीबहादुर खत्रीले ‘सहकारी संकटमा परेपछि मुद्दा चलाउन सिफारिस गरौं की पैसा दिने’ भन्दै तीनलाख माग गरेको आरोप समेत लगाउँदै आएका छन् ।
ठगीमा परेकाबाट उजुरीको माग समेत गरिएको छ । सार्वजनिक आह्वानमा २० जना ऋणीले आफूहरू ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका छन् । महिला उद्यमशील कर्जाका नाममा सदस्यको कागजात संकलन गरी नबिल बैंकबाट ऋण निकालेर सहकारीले थोरै मात्रै सदस्यलाई दिने गरेका कारण अहिले ऋण लिनेहरु दोहोरो मारमा परेका छन् ।

सदस्यले ऋणको किस्तावापत सहकारीमा बुझाएको रकम बैंकमा दाखिला नगरी सञ्चालक आफैंले प्रयोग गरेका थिए । सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ । सफ्टवेयरमा रहेको अभिलेख अनुसार ७०७ जना ऋणीहरूले २४ करोड ३० लाख २२ हजार ५३४ संस्थाबाट ऋण लिएकोमा हालसम्म ८ करोड १३ लाख ६४ हजार ७०१ ऋण उठेको र १६ करोड १६ लाख ५७ हजार ८३२ ऋण उठ्न देखिन्छ ।

अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगमा उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमशिल कर्जा शिर्षकबाट ऋण उपलब्ध गराउने तमसुक बनाएर धितोको लागि ऋणीहरूको घरजग्गा राखेको देखिएको छ । सोही धितो राखिएको जग्गा नबिल बैंक लिमिटेडमा राखी कर्जा निकालेर आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराएको र आधा आफैंले हिनामिना गरेको देखिएको छ । जसको तथ्यांक सफ्टवयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिन्छ ।
सहकारी संस्थाले सेवा केन्द्र विस्तार गर्ने अनुमति समेत नलिई अमरदह, आमबारी, रमाइलो लगायतका ठाउँमा शाखा विस्तार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्