संघर्षले फेरियो रीतादेवीको दैनिकी (भिडियोसहित)

<span class='c1'>संघर्षले फेरियो रीतादेवीको</span> <span class='c2'>दैनिकी (भिडियोसहित)</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिका- ५ दादरबैरियाकी रितादेवी सरदार किराना पसल सञ्चालन गर्छिन् । उनका श्रीमान अटो चलाउँछन् । दम्पतीको संयुक्त आम्दानीले परिवार खुसीसाथ बसेको छ ।

रिताको परिवारले केही वर्षअघिसम्म गरिबीसँग संघर्ष गर्यो । बस्नलाई सानो झुप्रो थियो, मजदुरी गरेर परिवारको गुजारा चलेको थियो ।
निरन्तरको लगनशीलता र दृढ इच्छाशक्तिका कारण रिताको परिवारको आर्थिक अवस्था सुधारिएको छ । रिताले घर, घडेरी, धानखेत जोडेकी छन् । आफू स्वरोजगार भएकी उनले श्रीमानलाई पनि स्वरोजगार बनाएकी छन् ।

‘पहिले एक छाक खानपिन धौधौ हुन्थ्यो, श्रीमान कमाउन जानुहुन्थ्यो, कमाएर ल्याएपछि मात्रै भात पाक्थ्यो,’ उनले भनिन्,‘अहिले धेरै सहज भएको छ ।’
रितादेवीको आर्थिक अवस्था सुधारको यात्रामा जीवन विकास लघुवित्त वित्तीय संस्थाले ऋण सहयोग गरेको छ । रितादेवी सरदार मात्र होइन जीवन विकासले आफ्‌ना सदस्य र सदस्यको परिवारलाई आत्मनिर्भर बनाउन सहयोग गरिरहेको छ । रितादेवी १८ वर्ष अघि जीवन विकासको सदस्य बनेकी थिइन् । पहिलो पटक ऋण लिएर सानो घर बनाइन् । जीवन विकासबाट ऋण लिएर उनले घर जग्गा पनि जोडेकी छन् । वैदेशिक रोजगारीमा गएका श्रीमान फर्किएपछि घरमै स्वरोजगार भएका छन् ।

‘आफुले दोकान गरेको छु, अटो पनि किनेको छु, अटो श्रीमानले चलाउनुहुन्छ,’ अहिले अटोबाट कमाई राम्रो भइरहेको छ । दोकानबाट पनि राम्रै बिक्री हुन्छ । दुबैजना कमाउने भएर धेरै सजिलो भएको छ ।
संघर्ष गरेकै कारण परिवारको आर्थिक अवस्थामा परिवर्तन आएको उनको अनुभव छ । आफ्‌नो विगतलाई फर्केर हेर्दा र हालको आफ्‌नो प्रगती हेर्दा खुसी लागेको रिता बताउँछिन् ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्