विराटनगरका ललितको उत्कृष्ट खेल जारी, सात विकेट लिएपछि आर्मी १२१ रनमा अलआउट

<span class='c1'>विराटनगरका ललितको उत्कृष्ट खेल जारी, सात</span> <span class='c2'>विकेट लिएपछि आर्मी १२१ रनमा अलआउट</span>

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस र त्रिभुन आर्मी क्लबबीच खेल भइरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मी मध्यम योगफलमा सीमित भएको छ । आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटिएको हो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।

पुलिसका ललित एक्लैले सात विकेट लिए । ललितले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन् ।

उनले कुशल भुर्तेल, सर्वन यादव र राशिद खानले १-१ विकेट हात पारे । ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शाहब आलम र आकाश चन्दको विकेट लिएका हुन् ।

विराटनगरका ललित गत एनपीएलमा पनि उत्कृष्ट बलर घोषित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्