जाडो छल्ने न्यानो, असावधानी भए लिनसक्छ ज्यान

<span class='c1'>जाडो छल्ने न्यानो, असावधानी</span> <span class='c2'>भए लिनसक्छ ज्यान</span>

इशु पन्त
विराटनगर। जाडोमा चिसो छल्न विभिन्न उपाय अपनाइन्छ । तराईमा बाक्लो हुस्सु र शितलहर चलेसँगै घुर ताप्ने, हिटर बाल्ने र आगो ताप्ने चलन छ । आर्थिक क्षमता भएकाहरुले कोठा तताउने विभिन्न विकल्प प्रयोग गर्दछन् । जस्तै एसीमार्फत नै उनीहरुले जाडोमा तातो र गर्मीमा चिसो बनाउँलान् । तर, मध्यम तथा सामान्य आजआर्जन भएका घरपरिवारले तातो लिनका लागि अपनाउने विभिन्न तरिका कहिलेकाहीँ  घातक पनि हुनसक्छन् ।

कतिपय अवस्थामा प्लाष्टिक नै बालेर तापिरहेको पनि देखिन्छ । विशेषगरी बाहिर कामबाट चिसिएर आउँदा, नुहाएपछि र बिहान साँझ पख काम गर्ने दौरानमा न्यानोका विकल्प खोज्ने गरिन्छ । धेरै चिसो मौसममा शरीररले थाहा पाईरहेको हुँदैन । यस्तो बेला आफ्ना शरीरका अंग तथा कपडाहरुले आगो छोएको पत्तो हुँदैन । त्यसैले आफूले लगाएको चप्पल, लुगा र कपालको पनि विशेष ध्यान दिनु पर्ने हुन्छ। सम्भवतः संवेदनशील भाग नभएका कारण कपालमा आगो लाग्दा शरीरमा नपुगी थाहा हुँदैन । यसले सावधानी अपनाउन जरुरी हुन्छ ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखाका नर्सिङ अधिकृत टिना यादवको अनुसार आगो ताप्दा वा वर्न फायरिङ गर्ने क्रममा लुगाको पनि निकै विचार गर्नु पर्ने हुन्छ। न्यानो हुने क्रममा आगो ताप्ने क्रममा नाइलन,पोलिस्टर र चिप्लो लुगाले निकै जोखिम पुर्याउँछ। न्यानो भएको महसुस हुन्छ तर शरीरमा भित्र पुगेको थाहा हुँदैन। उनका अनुसार हीटर बालेर ढोका झ्याल लगाएर सुत्ने क्रममा अक्सिज कम भएर निस्सासिएर मृत्यु पनि हुने गर्छ। त्यसैगरी जाडो याममा न्यानो रहने क्रममा एसीको तातो हावाले क्रममा डिहाईड्रेसन हुन्छ । जसका कारण टाउको दुख्ने, शरीर दुख्ने र अन्य स्वास्थ्य समस्या देखिने नर्सिङ अधिकृत यादवले बताउँछिन् ।

नर्सिङ अधिकृत यादवको अनुसार जाडो याममा न्यानो लुगा लगाउन, टोपी मोजा लगाउन र शितलहरबाट बाँच्न खुल्ला ठाउँमा नबस्ने हो । शरीरको तापक्रम बढाउने हुँदा क्यालोरी धेरै भएको खाने कुरा, झोलिलो पदार्थ लगायत सख्खर, तिलको लड्डु, चना, भटमास, मकै, बदाम खाने सुझाव दिनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्