शान्त

<span class='c1'>शान्त</span> <span class='c2'></span>

-इशु पन्त
जीवनका पानाहरूमा पाठ नै छैन
सोचें जस्तो यहाँ गाठ नै छैन
आँखा जुद्नु पर्ने
यहाँ मन जुदिरहेछ
सोचे जस्तो यहाँ साथ नै छैन
छैन कतै मनको मेल
चिसो मान्छे मात्र परे ओझेल
सोचे जस्तो यहाँ तिर्थ छैन
यहाँ सुन्ने कान हराएका छन्
जरा झै गाडिएका छन् ईख
काड्न सक्दैनन् खाए नी विख
सोचे जस्तो यहाँ औषधि पाइँदैन
हराएको बटो सोधेर भेटाए
भीडलाई छलेर शान्त भए
भिडिरहेका छन् योद्धा म भित्र
हार भने मैले बेहोरे
हराएको म भेट्न वर्षौं लाग्यो
सोचे झै यहाँ सरल मानचित्र छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्