विराटनगर । विराटनगर ७ रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले आयोजना गरेको ‘मेरिल्याण्ड इन्ट्रा कलेज विविएस ट्यालेन्ट हन्ट’ को उपाधी विविएस दोस्रो बर्षमा अध्ययनरत छात्रा माही अटलले हात पारेकी छन् ।

विद्यार्थीहरुमा लुकेको प्रतिभालाई प्रस्टफुटन गराउने उदस्यले कलेजको सभाहलमा सोमबार आयोजना गरेको ‘मेरिल्याण्ड इन्ट्रा कलेज विविएस ट्यालेन्ट हन्ट’ मा १८ टोलीमा २५ जनाले सहभागिता जनाएका थिए । त्यसैगरी ‘मेरिल्याण्ड इन्ट्रा कलेज विविएस ट्यालेन्ट हन्ट’ को दोस्रो उपाधी विविएस दोस्रो सेमेस्टरकी करिना राई र प्रथा मगर भईन् । उनीहरुले दुवैले नृत्य प्रस्तुत गरेका थिए भने तेस्रो उपाधी स्नेहा छगानिया र ललित दास भएका थिए । उनीहरुले पनि आर्कषण नृत्य गरेर तेस्रो उपाधी हात परेका हुन् । उनीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रममा सहभागी अन्य प्रतियोगिहरुलाई पनि प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिनुभयो। कलेजले पढाईका अतिरिक्त विद्यार्थीहरुको क्षमताहरु प्रदर्शन गर्न यस्ता विद्यार्थी लक्षित कार्यक्रमहरु गर्दै आएको ढकालले बताउनुभयो ।


विजेता विद्यार्थीहरुलाई कलेजका प्रिन्सीपल लक्ष्मण ढकाल, डाईरेक्टरहरु भेषराज पोखरेल , प्रोफेसर पिके झा, डा .मनोज गुप्ता, प्रदिप भगत , नन्दकिशोर अग्रावाल,ड. शिव नारायण यादव, डा. पेशल पोखरेल लगायतले अन्य शिक्षकहरुले पुरस्कार वितरण गरेका थिए । यस अघि कलेजमा विविएस दोस्रो बर्षमा अध्ययनरत रजनिश न्यौपानेले नेपाल विमा प्राधिकरण कोशी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा प्रथम समेत भएका थिए । उनलाई सम्मान समेत गरेको कलेजले जनाएको छ ।