-उज्ज्वल आचार्य
ती डाडांका फुल, पतझर अनि रुखहरुमा
जहां हेर्छु परमात्मा नै देख्छु
जीवनका सुख हरुमा अनि दु:ख हरुमा
हरेक प्राणीका आंखाहरुमा
अनि ती कोइलीका सुमधुर भाकाहरुमा ।
ती कालो बादल भित्र वर्षीनलाई तम्तयार भएका पानीहरूमा
त कहीले ती निरबोध बालक का आँखाका नानीहरुमा
झ्याउँकिरी को त्यो अन्धकार मा आउने आवाजमा
अनि अनी त्यो तिम्रो प्राकृतिक हैन वनावटी लवज मा
ती तिम्रा फटयाई मा र बठयाई मा अनी
कसैको धुर्तपन र छट्याई मा पनि
सायद मेरा यी नयन कमजोर हुन या त मेरो हृदय बलियो
की कतै संकेत हुन यी सब सुरु हुन् लागेको युग कलीको
तिमी ढाट्दछौ म ढाटीन्छु, तिमी छल्दछौं म छलिन्छु
तिमी आगो लाउँदछौ म जलीन्छु
तिम्रो नियत र दुस्कृत्य नजानेर हैन तिमी आफ्नो कुकर्म मा व्यस्त छौ अनी म ईश्वरको कार्य मा तल्लीन छु
फरक यत्ति हो कि, तिमी म मा केही स्वार्थ देख्छौं अनी म तिमी मा सृष्टिगर्ने सत्ता
म जाग्ने प्रयासमा छु तिमी खोज्दै हिँड्छौँ मायारुपी मत्ता
म तिम्रो कुकर्म भित्र पनि थोरै भए पनि सत्कर्म रोज्दछु
अनेकौ मानसीक अवरोध का वीच पनि म ससाना हिँड्न सक्ने आली खोज्दछु
थाहा छ किन ? किन कि,
ती डाडांका फुल, पतझर अनि रुखहरुमा
जहां हेर्छु परमात्मा नै देख्छु
जीवनका सुख हरुमा अनि दु:ख हरुमा
हरेक प्राणीका आंखाहरुमा
अनि ती कोइलीका सुमधुर भाकाहरुमा ।