सात वर्षका बालकले गरे क्यान्सर पीडितलाई आर्थिक सहयोग

<span class='c1'>सात वर्षका बालकले गरे</span> <span class='c2'>क्यान्सर पीडितलाई आर्थिक सहयोग</span>

काठमाडौं । न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा ब्लड क्यान्सरकी बिरामी चन्द्रकला भण्डारीलाई आर्थिक सहयोग गरेका छन् ।

आजबाट सात वर्षमा लागेका अंशले हाडी गाउँ बस्ने बैतडीकी ब्लड क्यान्सर रोगबाट ग्रसित २४ वर्षकी भण्डारीलाई आर्थिक सहयोग गरेका हुन् ।
न्युजिल्याण्डमा नै जन्मिएका अंशले आफ्नो हरेक जन्मदिनको अवसरमा केही न केही सहयोग असहायहरुलाई गर्दै आएकोमा यस वर्ष ब्लड क्यान्सरजस्तो गम्भिर रोगसँग जुधिरहेकी चन्द्रकलालाई सहयोग गरेका हुन् ।

ब्लड क्यान्सर भएको करिब ६ महिनाको समयमा चन्द्रकलाको करिब १६ लाख रुपैयाँ उपचारमा खर्च भइसकेको र आर्थिक समस्या भएका कारण उनले सहयोगको अपिल गरेको अंश र उनका बाबु डाक्टर रमिल अधिकारीले थाहा पाएपछि उक्त रकम न्युजिल्याण्डबाट पठाइदिएका हुन् ।
चन्द्रकलाको अहिले हात समेत चल्न छाडेको छ । टिचिङ अस्पतालमा उपचार गरिरहेकी उनले आर्थिक समस्याका कारण कोठामा बसिरहनु परेको छ । अंशले गतवर्ष काठमाडौँको मुलपानीमा रहेको स्नेहा बाल आश्रमका लागि आर्थिक सहयोग गरेका थिए ।

कलाकार सुलेमान शंकर इकुले संचालनमा ल्याएको बाल आश्रममा रहेका अनाथ र असहाय बालबालिकाहरुका लागि भनेर सहयोग गरेका थिए । अंश र उनका बाबु रमिलले २४ वर्षकी चन्द्रकलाले भोग्नु परेको नियती कसैले भोग्नु नपरोस् भन्दै भगवानसँग कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्