प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी

<span class='c1'>प्रभु साहसहित दुई जनाविरुद्ध</span> <span class='c2'>कारण देखाउ आदेश जारी</span>

रौतहट । रौतहट जिल्ला अदालतले प्रतिनिधि सभा सदस्य प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।

आम जनता पार्टीका अध्यक्ष समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए ।
अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।
उक्त मुद्दामा आइतवार भएको सुनुवाईपछि प्रतिनिधि सभा सदस्य समेत रहेका साह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेका हो ।

रौतहट जिल्ला अदालतको ६ नम्बर न्यायाधीश शम्भु प्रसाद रेग्मीको इजलाशमा मुद्दाको सुनुवाइ भएको श्रेष्तेदार उद्धव ढोडारीले बताए । उनका अनुसार कारण देखाउ आदेश जारी भइसकेको भएपनि पूर्ण पाठ आउन समय लाग्नेछ । इजलाशबाट पूर्ण पाठको विवरण आएपछि मात्रै जानकारी गराउने उनले बताए । आम जनता पार्टीका अध्यक्ष साह रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्