यौन स्वास्थ्य सम्बन्धी विषयवस्तु खुला रुपमा बहसमा आउनुपर्छ : दयाहाङ राई

<span class='c1'>यौन स्वास्थ्य सम्बन्धी विषयवस्तु खुला रुपमा</span> <span class='c2'>बहसमा आउनुपर्छ : दयाहाङ राई</span>

काठमाडौं । नेपालका चर्चित नायक दयाहाङ राईले आउदैँ गरेको फिल्म ‘दुखी आत्मा’ आफ्नो पात्रको भूमिका चूनौतीपूर्ण भएको बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा फिल्म प्रमोशन गर्दै उनले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका निभाउनु पर्दा आफ्नो लागि थप चूनौतीपूर्ण बनेको बताएका हुन् ।

उनले भने, ‘मैले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका कसरी निभाउने भन्ने कुरा नै मेरो चुनौती थियो । यो एडल्ट भन्ने वित्तिकै अर्कै विषयको फिल्म होकी भन्ने खालको सोच आउछ, यसमा पहिलो चुनौती भनेको मैले यो पात्रलाई न्याय दिन सक्दिन् जस्तो लागेकै हो । आजको दिनसम्म हेर्दा पनि मैले जति गरे त्यो पर्याप्त भयो जस्तो लागेको छैन् ।’ यौन स्वास्थ्य सम्बन्धी विषयवस्तु खुला रुपमा बहसमा नआउने हुदाँ फिल्मले उक्त सन्देश दिन खोजेको उनको भनाई छ । उनले भने, ‘यो बारे बहस हुन जरुरी छ, हामीले मानसिक, शारिरिक स्वास्थ्यको विषयमा कुरा गर्न थालेका छौ तर यौन स्वास्थ्यको विषयमा हामी खुला भएर कुरा गर्न सकेका छैनौ । तर यस बारेमा चर्चा कति को हुनु पर्छ भन्न सक्दिन तर हुन जरुरी छ । बाहिर कुरा नगरे पनि परिवार, श्रिमान श्रिमतीबीच भए राम्रो हुन्छ ।’

यसको साथै, उनले फिल्ममा भएको समस्या संसार भर ७० प्रतिशत मान्छेको समस्या रहेछ भन्दै यो गम्भीर विषय भएको बताए ।
उनले भने, ‘फिल्ममा भएको समस्या संसार भर ७० प्रतिशत मान्छेको समस्या रहेछ नी भनेपछि त यो गम्भीर विषय रहेछ त, तर यसो हेर्दा त सबै मान्छे सामान्य नै देखिन्छन् त । फिल्ममा भएको वस्तु मानिसको चासोको विषय त हो तर सहज रुपमा लिनु हुदैँन् । यो स्वभाविक कुरा हो । चासो त छ तर खुलेर कोही पनि कुरा गर्न मान्दैँन् । फिल्ममा अप्ठयारो मान्नु पर्ने दृश्य केही छैन् ।’

यस्तै नायिका आचल शर्माले टिजरमा जति देखाइएको छ पूरै फिल्ममा त्यति नै रहेको भन्दै ओहो हेर्नै नहुने भन्ने खालको भने नभएको बताए ।
उनले भनिन्, ‘हामीले जति टेलर र टिजरमा देखाएका छौ त्यती नै हो खास कुरा, ओहो हेर्नै नहुने भन्ने खालको छैन् । सबै परिवार हेर्न पनि गारो हुने, अप्ठयारो हुने भन्ने खालको विषयवस्तु भने छैन् तर जुन विषय उठाएका छौ त्यसले अलिकति अप्ठयारो हुन्छ की भन्ने मात्र हो । यो पुरुषसँग सम्बन्धित कुरा भएको हुनाले मेरो लागि नयाँ विषय हो ।’दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाहीको शीर्ष भूमिका रहेको फिल्म ‘दुखी आत्मा’ भ्यालेन्टाइन्स डेको अवसरमा २ फागुन ‘१४ फेब्रुअरी’ मा प्रदर्शनमा आउदै छ ।

दीपेन्द्र लामाले निर्देशन गरेको फिल्ममा बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, रेअर राई, यासेली योङहाङ लगायतले पनि अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्