तत्काल २० प्रतिशत शेयर जनतामा वितरण गर्न सांसद केसीको माग

<span class='c1'>तत्काल २० प्रतिशत शेयर जनतामा</span> <span class='c2'>वितरण गर्न सांसद केसीको माग</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरण ऐन २०४१ बमोजिम तत्काल २० प्रतिशत शेयर जनतामा वितरण गर्न माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले नेपाल विद्युत प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारण जनतालाई सेयर जारी गर्नुपर्नेमा ४० वर्षदेखि हुन नसकेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘नेपाल विद्युत प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारण जनतालाई शेयर जारी गर्नुपर्ने यो ४० वर्षदेखि हुन सकेको छैन् । अहिले नेपाल विद्युत प्राधिकरणको झण्डै ७ खर्बको २० प्रतिशत मात्रै शेयर जनतामा वितरण गर्न सक्यौ भने डेढ खर्ब रुपैयाँ जम्मा हुने स्थिति छ । देश विदेशमा रहेको साधन श्रोत अरु ठूला मझौला विद्युतमा राज्यले उपयोग गर्न सक्ने जुन थिति छ । त्यतातिर सरकार मौन छ । तत्काल ४० वर्ष अगाडिको काननुअनुसार २० प्रतिशत शेयर वितरण गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्