जीवन विकासको सञ्चालक समिति सदस्यमा डा.जैन मनाेनित

<span class='c1'>जीवन विकासको सञ्चालक समिति</span> <span class='c2'>सदस्यमा डा.जैन मनाेनित</span>

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा डाक्टर बन्दनाकुमारी जैन चयन भएकी छन् ।

सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रुपमा त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक डाक्टर जैनलाई मनाेनित गरेकाे हाे ।

जीवन विकासमा यसअघि सोनिला शाक्य स्वतन्त्र सञ्चालक थिइन् । उनको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सहायक प्राध्यापक जैनलाई मनोनित गरेको लघुवित्तले जनाएको छ ।

जैनले जीवन विकासकाे सञ्चालक समिति अध्यक्ष विक्रमराज सुवेदीबाट सञ्चालककाे शपथग्रहण पनि गरेकी छन् । व्यवस्थापन संकायबाट विद्यावारिधी गरेकी जैन डिग्री क्याम्पस विराटनगरमा प्राध्यापन गराउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्