भायानेटद्वारा इनरुवाको विद्यालयमा शैक्षिक सामग्री र न्यानो कपडा वितरण

<span class='c1'>भायानेटद्वारा इनरुवाको विद्यालयमा शैक्षिक सामग्री</span> <span class='c2'>र न्यानो कपडा वितरण</span>

इनरुवा । भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत सुनसरी जिल्लाको इनरुवास्थित श्री देवकोटा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई कपी, पेन्सिल, शार्पनर, इरेजर र ज्योमेट्री बक्स जस्ता शैक्षिक सामग्रीका साथै जाडो मौसमको लागि न्यानो हुडी प्रदान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापकले यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप टेवा पुग्नुका साथै जाडो याममा उनीहरूको स्वास्थ्य सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

भायानेट कम्युनिकेसनले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभरका विभिन्न विद्यालय तथा संस्थाहरूसँग सहकार्य गर्दै सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले शिक्षाको पहुँचलाई प्रवर्द्धन गर्न र स्थानीय समुदायलाई सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमार्फत शिक्षा र प्रविधिको क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य भायानेटले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्