विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको जेभियर्स इङ्गलिस स्कुलको १० औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
स्कुल परिसरमा आज (शनिबार) एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रहेका बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारयण थापा मगरले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै सिपमुलक शिक्षा दिएर अगाडी बढनुपर्ने बताए । व्यवहारिक शिक्षासँगै विद्यार्थीहरुलाई नैतिक शिक्षा दिएर विद्यालयहरु अगाडी बढनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल परेश पोखरेलले विद्यार्थीहरुलाई प्रविधियुक्त शिक्षासँगै गुणस्तरीय शिक्षा दिएको बताए । गुणस्तरीय शिक्षा दिएको कारणले जेभियर्स स्कुलेल राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरेर अगाडी बढेको बताए । कार्यक्रममा विद्यालयकी अध्यक्ष सरिता रानामगर, संचालकहरु सी एम रिजाल, रेवन्त श्रेष्ठलागयतले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा विद्यालयले कुनै पनि कसुर बाँकी नराखेको बताए ।
सोही अवसरमा विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरेको थियो । यसरी सम्मानित हुने विद्यार्थीहरुमा दिया थापा मगर र कुशल विक रहेका छन्। कक्षा १२ मा अध्ययरत कुशलले २०८० सालको वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै बुढीगंगा गाउँपालिका भरीमा प्रथम भएका थिए ।
त्यसैगरी सोही विद्यालयमा अध्ययरत छात्रा दियाले एसईईको वार्षिक परीक्षामा ३.७० जीपिए ल्याएर उत्कृष्ट भएकी थिइन् । यसैगरी अन्तराष्ट्रिय कराते प्रशिक्षक प्रभाकर राना मगरलाई कराते खेलको माध्यमबाट बुढीगंगा गाउँपालिका प्रतिष्ठा र पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याएको भन्दै सम्मान गरेको थियो ।
उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारयण थापा मगरले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । त्यसैगरी विद्यालयका खेल प्रशिक्षक प्रभाकर राना मगरलाई पनि सम्मान गरियो । प्रभाकरले खेलकुद क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएको भन्दै सम्मान गरिएको विद्यालयका प्रिन्सिपल परेश पोख्रेलले जानकारी दिए ।
सोही अवसरमा विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गरी सहभागि अभिभावक, अतिथि र शिक्षकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे । नर्सरी देखि कक्षा ११ सम्म पढाइ हुने जेभियर्स स्कुलमा एक हजार विद्यार्थीहरु अध्ययरत रहेका छन् ।