बुढासुब्बा गोल्डकपको उपाधिमा एनआरटीको ह्याट्रिक

<span class='c1'>बुढासुब्बा गोल्डकपको उपाधिमा</span> <span class='c2'>एनआरटीको ह्याट्रिक</span>

काठमाडौं । २५औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधिमा ह्याट्रिक गरेको छ ।

आज (शनिबार) धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधिमा ह्याटिक गरेको हो ।

आजको खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै पुनरागमन जित निकालेको हो । खेलको २२औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । दुई मिनेटपछि नै हेनरी पोकुले एनआरटीका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा एनआरटीले एक गोल गर्दै जित हात पारेको थियो । हेनरीले ५७औं मिनेटमा गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए र त्यही गोल नै जितमा निर्णायक बन्यो ।
एनआरटीले लगातार दोस्रो र समग्रमा तेस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । एनआरटीले पहिलो २०६४ सालमा बुढासुब्बा जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्