तल्लो तह एवम श्रेणीविहीन कर्मचारीको जागिरप्रति सरकार उदासिन : प्रभु साह

<span class='c1'>तल्लो तह एवम श्रेणीविहीन कर्मचारीको जागिरप्रति</span> <span class='c2'>सरकार उदासिन : प्रभु साह</span>

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कार्यालय सहयोगी, ड्राइभर, स्विपर, मालीलगायत श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चितताको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारी निकायमा तल्लोस्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षागार्ड, माली र स्विपरलगायतका तल्लो तह र श्रेणीविहीनहरुको जीवन एकदमै कष्टकर भइरहेकाले जागिरको सुनिश्चितता गर्नुपर्ने माग गरेका हुन् ।

उनले भने, ‘सरकारी निकायमा तल्लोस्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षागार्ड, माली र स्विपरलगायतका तल्लो तह र श्रेणीविहीनहरुको जीवन एकदमै कष्टकर भइरहेको छ । जागिर नै पूरै असुरक्षित छ, जागिरको निरन्तरताका लागि शासक र नेताहरुलाई गुहारिरहनुपर्ने, चाकडी गर्नुपर्ने बाध्यता छ । सरकारलाई सोध्न चाहन्छु कि ती पोष्टहरुमा स्थायी भ्याकेन्सी गरेर पदपुर्ति गर्न के ले रोक्यो ? आजभोलि लोकसेवा आयोगले जतिपनि विज्ञापन गरिरहेको छ, कक्षा १२ भन्दा माथिको मात्रै भइरहेको छ, के ति श्रेणीविहीन पदहरु सरकारी निकायबाट हटाइएको हो ? ती पोष्टहरुको जरुरी छैन् ? सरकारी निकायमा गाडीको जरुरी छ भने ड्राइभरको किन विज्ञापन हुँदैन ? के चालकहरु नेपाली नागरिक होइनन ? के गरिवहरु नेपाली नागरिक होईनन?’

उनले गरिवमारा कानून आफूहरुलाई नचाहिएको चेतावनी दिए । उनले हिजो पञ्चायतकालमा न्याय पाउने तर आज गणतन्त्रमा कम्युनिष्टहरुको सरकार हुँदापनि यसरी अन्याय भइराख्दा आम मान्छेले स्वभाविक नमानेकोले सरकारको ध्यानाकार्षण समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्