सरकारले वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न मिल्दैन् :रघुजी पन्त

<span class='c1'>सरकारले वाक तथा प्रकाशन स्वतन्त्रतालाई</span> <span class='c2'>नियन्त्रण गर्न मिल्दैन् :रघुजी पन्त</span>

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न नमिल्ने बताएका छन् ।

आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सामाजिक सञ्जाल सम्बन्धि विधेयकको सम्बन्धमा नियन्त्रणको विक्षमा र नियमनको पक्षमा आफू रहेको बताए ।

उनले भने,‘सामाजिक सञ्जाल सम्बन्धि विधेयक नियन्त्रणको पक्षमा छैन । तर नियमनको पक्षमा चाँही म छु । संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रता नियन्त्रण गर्ने कुरामा सरकार जानुहुँदैन् र मलाई विश्वास छ जाँदैन् पनि । यदी त्यस्तो खालको कमी कमजारी छ भने संशोधनमार्फत सच्याउछौ ।’
अध्यादेशको विषयमा छलफल भइरहेको भन्दै परिपक्क भयो भन्ने सरकारलाई लागेपछि संसदमा पेस गर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्