सुन्दरहरैँचामा पुस्तकालय, शैलुनसहित सुविधा सम्पन्न सार्वजनिक शाैचालय निर्माणका लागि एक्स्पाे हुने

<span class='c1'>सुन्दरहरैँचामा पुस्तकालय, शैलुनसहित सुविधा सम्पन्न सार्वजनिक</span> <span class='c2'>शाैचालय निर्माणका लागि एक्स्पाे हुने</span>

मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नगरकाे विभिन्न स्थानमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न ज्ञानमूलक पुस्तकालय सहितकाे सार्वजनिक शाैचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा विराट एक्स्पाे-४ हुने भएको छ ।

सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे आयाेजनामा विराचाेकमा यहि माघ ३० गतेदेखि फागुन १० गतेसम्म एक्स्पाे सञ्चालन हुने आयाेजकले आज (आइतबार) पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । नगरकाे सलकपुर , विराटचाेक तथा खाेर्सानेमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न पुस्तकालय सहितकाे सेलुन वाथरूम भएको तीन तल्ले सार्वजनिक शाैचायल निर्माण भएको छ । यहाँ अन्य स्थानमा उत्त कार्यलाई पूरा गर्न एक्स्पाेबाट खर्च भएर बाँकी रहेको रकमले दाताकाे साथ सहयाेगमा सार्वजनिक शाैतालय निर्माण गर्न लागिएको हाे । नगरकाे विभिन्न स्थानमा बनाउँन बाँकी रहेकाे पुस्तकालय सहितकाे सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण सहयाेगार्थ काेष जुटाउँन विराट एक्स्पो ४ सञ्चालन गर्न लागिएको महाेत्सव मुल समारोह समितिका संयाेजक भाेलेश्वर दुलालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले चालू शौचालय परियोजनाहरू पूरा गर्न र नयाँ शुरू गरि स्रोतहरू उत्पन्न गर्न एक्स्पाे महत्त्व हुने बताए । संयाेजक दुलालले भने `` सबै क्षेत्रको सहकार्यले एक्स्पाे सफल हुने भएकोले यस क्षेत्रको गरिमा र प्रतिष्ठालाई बढाउन सबैसँग छलफल अन्तरक्रिया गरिएको छ । हाल नगरपालिकामा दुई सार्वजनिक शौचालयहरू छन् । थप दुईको निर्माण भईरहेको छ। प्रदर्शनीबाट प्राप्त रकम हरैंचा र खाेर्सानेमा निर्माणाधीन सुविधाहरू पूरा गर्न र दुई थप सार्वजनिक शौचालयहरू थप्न निर्देशित गरिनेछ ।

एक्स्पाे सञ्चालनका लागि करिब रु. ४ करोड खर्च हुने आयाेजककाे अनुमान रहेको छ । जसमा लक्षित विकास परियोजनाहरूको लागि रू १ करोड बचत हुने अपेक्षा गरिएको छ। यस वर्षको महाेत्सवमा १ सय ९४ स्टलहरू रहने उल्लेख गरिएको छ । महाेत्सवमा खेलकुद, बाल उद्यान, मनोरञ्जन, अटो मोबाइल, कृषि, पर्यटन, व्यापारका साथै नयाँ प्रविधि एआईको प्रयोग र उपयोगबारे जानकारी गराउने स्टल समेत रहने आयाेजकले उल्लेख गरेको छ । स्थानीय उत्पादन, कृषि प्रविधि, कपडा , उद्योग, व्यापार तथा नवप्रवर्तनसँग सम्बन्धित स्टलहरू राखिने आयाेजकले उल्लेख गरेको छ।

होटलहरूको प्रतिनिधित्व गर्ने १६ स्टल तथा ८० प्रतिशत स्टलहरू पहिले नै बुक भईसकेकाेले एक्स्पोमा उल्लेखनिय सहभागिता हुने अपेक्षा गरिएको आयाेजक संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिए । उनले सहज कार्यान्वयन सुनिश्चित गर्न ५ सय १ सदस्यीय मुख्य आयोजक समिति र १९ उप-समितिहरू गठन गरिएको बताए । अध्यक्ष कार्कीले भने `एक्स्पाेमा प्रवेशका लागि सहयाेग स्वरूप दाताबाट रू ५ हजार प्रतिगाेटाका १८ सय ज्याकेट हाल खरिद भएको छ । सहभागितालाई प्रोत्साहन गर्न विद्यार्थीहरूको लागि प्रवेश नि:शुल्क हुनेछ । एक्स्पोमा नगरपालिका स्तरीय नृत्य ,संगीत प्रतियोगिताहरू सहित दैनिक सांस्कृतिक प्रदर्शनहरू प्रस्तुत गरिनेछ। आगन्तुकहरूको अनुभवलाई अझ समृद्ध बनाउन यहाँ चेस प्रतियोगिता तथा साहित्यिक कार्यक्रम आयोजना गरिनेछ ।'

यस पटक नयाँ प्रविधिबाट एक्स्पाे स्टल बनाउने कार्य अगाडि बढेकोले ह्याङ्गरबाट डोम निर्माण गरी हावाहुरी तथा पानीले कुनै समस्या नहुने गरी स्टल बनाइने महाेत्सवका संयाेजक दुलालले जानकारी दिए । उनले विराटचोकमा १० वर्षका लागि करिब ३ बिघा जग्गा भाडामा लिएर मेला लगाउन लागेको उल्लेख गर्दै आगामी दिनमा मेला लगाउन मात्र नभएर बहुप्रयोजनका लागि जग्गा सुरक्षित गरिएको बताए । संयाेजक दुलालले भने `` स्थायी रूपमा कम्पाउण्ड, शौचालय, गेट र मञ्च सो जग्गामा बनाइने छ ।

“सुन्दरहरैंचा विराट एक्स्पो-४” कृषि तथा औद्योगिक प्रदर्शनीको अहिले तयारी अन्तिम अवस्थामा पुगेको आयाेजकले उल्लेख गरेको छ । यसै क्रममा, वाणिज्य संघले विभिन्न संघ-संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको उल्लेख गरिएको छ । सरोकारवालाले एक्स्पोबाट स्थानीय उत्पादन, व्यवसाय प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन । एक्स्पो केवल व्यापारिक प्रवर्द्धनका लागि मात्र नभई समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने अभियान भएको उल्लेख गरिएको छ । महाेत्सवबाट संकलित रकम समाजका लागि उपयोगी संरचना निर्माणमा लगानी गरिने बताइएको छ ।

एक्स्पोले स्थानीय व्यवसाय प्रवर्द्धनका साथै सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको आयाेजकले बताएको छ। एक्स्पो आयोजनाका लागि विभिन्न संघ–संस्था तथा उद्योग प्रतिष्ठानहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएकाे उल्लेख गरिएको छ । ११ दिन सम्म सञ्चालन हुने यस एक्स्पोमा सबैलाई सहभागिता जनाउन उद्योग वाणिज्य संघले आग्रह गरेको छ। संघका पदाधिकारीहरूका अनुसार, एक्स्पो भव्य बनाउन तयारी गरिएको छ । सुन्दरहरैचा उद्योग वाणिज्य संघको आयोजनामा विभिन्न समयमा व्यापार मेला सम्पन्न गरिसकेको इतिहास छ । यहाँ २०६६ सालमा पहिलो तथा २०७३ सालमा दोस्रो तथा २०७६ सालमा तेस्रो पटक वृहत् एक्स्पो सम्पन्न भएको उल्लेख गरिएको छ ।

एक्स्पोवाट केहीं रकम बचत गर्न सफल भई देशकै गौरव गर्न लायक सार्वजनीक शौचालय निर्माण गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । हाल सम्म २ वटा सार्वजनीक शौचालय निर्माण सम्पन्न भई सकेकाे उल्लेख गरिएको छ । अन्य निर्माणको चरणमा रहेको हुनाले बाँकी बन्ने शौचालय निर्माण सम्पन्न गर्ने अभिप्रायका साथ सुन्दरहरैँचा विराट एक्स्पो ४ सञ्चालन हुने निश्चय भएको बताइएको छ । गत वर्षको संस्करणमा १ लाख ५० हजार आगन्तुकहरू आएकाे तथा यस वर्ष, आयोजकहरूले ३ लाख उपस्थित हुने अपेक्षा गरेकाे छ । महाेत्सवमा हास्यकलाकार मनाेज गजुरेल , गायक दिपक बज्राचार्य , समिक्षा अधिकारी , आस्ता राउत, नविन के भट्टराई तथा प्रमाेद खरेल लगायतले गीत संगित तथा महाेरन्जन प्रस्तुत गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्