प्रतिनिधि सभाको बैठक बस्दै, के के छन् कार्यसूची

<span class='c1'>प्रतिनिधि सभाको बैठक बस्दै,</span> <span class='c2'>के के छन् कार्यसूची</span>

काठमाडौं । मंगलबार संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्न लागेको हो ।

आज बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र साथै उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, आज प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्