काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो ।
मंगलबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १ हजार ९ सय ४५ रुपैंयाँमा कारोबार भएको थियो । चाँदी आज प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा कारोबार भईरहेको छ ।