कलाकार भन्छन् : भ्यालेन्टाइन मनाउने कुनै विशेष दिन कुर्नु पर्दैन्

<span class='c1'>कलाकार भन्छन् : भ्यालेन्टाइन मनाउने</span> <span class='c2'>कुनै विशेष दिन कुर्नु पर्दैन्</span>

प्रमिला कार्की/नेपाल न्यूज बैंक
काठमाडौं । नेपालसहित विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइँदै छ । नेपालमा पनि पर्वकै रुपमा मनाउने चलन बढ्दै गइरहेको छ । विशेषगरी युवावर्गले यसलाई उत्सव वा पर्वकै रुपमा मनाउने गरेका छन् ।

यस दिन प्रेमी प्रेमिकाले एकार्कालाई विभिन्न उपहारहरु दिएर माया दर्शाउने र आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने प्रचलन छ ।
विशेषगरी प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे भन्ने वित्तिकै प्रेमील जोडीहरुले मात्र मनाउने भन्ने जनमानसमा बुझाई छ । तर प्र्रेम दिवस केवल दुई प्रेमीको लागि मात्र नभएर आफ्नो परिवारसँग माया साटसाट गर्ने अवसरका रुपमा लिने गरिएको मिस नेपाल एवम नायिका नम्रता श्रेष्ठ बताउँछिन् ।
पछिल्लो समय प्रेम दिवस परसंस्कृति भएकाले यसका नाममा विकृति बढेको गुनासोहरु पनि धेरै आउने गरेको छ । तर श्रेष्ठले यस दिनका राम्रा र नराम्रा कुराहरु भएपनि सबैले त्यसलाई कन्ट्रोल वा ब्यालेन्स गर्नुपर्ने बताइन् ।

उनले भनिन्,‘मेरो सर्कलमा भ्यालेन्टाइन डे मनाएको देखेको छैन् । विभिन्न व्यवसायिक ब्राण्डहरुले सोही अनुसारको स्कीम ल्याएर फाइदा लिने गरेका छन् । भ्यालेन्टाइन डे स्पेसल अफर भनेको आफ्नो व्यापार राम्रो गरिरहनु भएको होला । अब प्रेम दिवस मनाउने भनेको प्रेम गर्ने मान्छेहरुसँग मनाउने होला । पार्टनर, श्रीमान, श्रीमती वा परिवार सबै मिलेर पनि मनाउन सकिन्छ । कन्ट्रोल र ब्यालेन्स गर्नुपर्छ ।’

त्यस्तै नायक तथा निर्माता सलोन बस्नेतले आफूले पनि प्रेम दिवस मनाउदैं आइरहेको भन्दै प्र्रेम दिवसको नाममा विकृतिक भयो भन्ने भन्दा पनि राम्रो तरिकाले मनाउन काशिस गर्नुपर्ने बताए । यदी प्रेम दिवसलाई राम्रो तरिकाले मनाउने हो भने माया अझ धेरै गाढा हुने दिन भएको उनी बताउँछन् ।
अभिनेता अंकित खड्का आफूले कहिल्यै पनि प्रेम दिवस नमनाएको र मनाउन आवश्यक पनि नलाग्ने बताउँछन् । झकिझकाउका साथ भ्यालेन्टाइन्स डे मनाउँदै गर्दा विकृति पैदा चाँही नगर्न आग्रह गर्दै उनले भने,‘म प्रेम दिवस कहिले पनि मनाउने गरेको छैन् । मनाउनको लागि आवश्यक पनि लाग्दैन् । संस्कृति लिनु राम्रो हो तर कुन लिने कुन नलिने भन्ने कुरा हुन्छ । हामीले के चाँही भुल्न हुँदैन् भने हामी भ्यालेनटाइनस डे झकिझकाउका साथ मनाउँछौं । मनाउनुहोस् पनि तर कसरी मनाउने हो । प्रम दिवको निहूमा विकृति पैदा चाँही नगर्नुहोस् ।’

अभिनेत्री सरिना मगर पनि आफूले अहिलेसम्म प्रेम दिवस नमनाएको भन्दै माया गर्नको लागि प्रेम दिवस नै कुरिराख्न नपर्ने बताइन् ।
उनले भनिन्,‘अहिलेसम्म मैले भ्यालेन्टाइन डे मनाएको छैन् । यो हाम्रा लागि हो जस्तो नै लाग्दैन् । आफूमा र आफ्नो हेर्ने नजरमा भरपर्ने कुरा हो । यसले खासै विकृति फैलिएको जस्तो चाँही लाग्दैन् । आफ्नो इच्छाको कुरा पनि हो । कसैले हरेक दिन भ्यालेन्टाइन्स डे मनाइरहेके हुन्छ । नमनाउनेले कहिले पनि मनाउँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्