-सुजाता राई
धोती लगाए पनि
टोपी लगाए पनि
बक्खुले हिमालको जाडो
थेगे पनि
भोटो र कछाडमा
पौरखी बने पनि
अर्काको गुलामी होइन
भनेपनी
सगरमाथा झैँ उच्च छ
शिर मेरो
म नेपाली भने पनि
कतै पसें बिस्तारबादी
कतै धर्म अपराधी
षडयन्त्र भयो
सबै बने सर्वसत्ताबादी
उठन हो नेपाली हो
हसिया हथौडा
खुकुरी बन्चरो
कुटो कोदालो
जे जे लिएर उठे पनि हुन्छ
गर हिम्मत
ए धोती लगाउनेहरु हो
ए टोपी लगाउने हरु हो
दौरासुरुवाल गून्युचोलीमा
नेपाल बोक्नेहरु हो
उठ अब उठ
ढिला भैसक्यो
बहाना बहानामा
तिम्री आमा बिक्रिमा
राखी सके
लिलामीमा चढाइसके
आमाको बलात्कार हुँदा
लालसा र लोभमा
प्रतिकार होइन
लुकेर मोलमोलाइ गर्न लागि सके
किन नबिउझिएका
ए नेपाली हो
आजभोलि कहाँ छ
सगरमाथा
कहाँ छ उसको उचाई
नेपालीको इज्जत ?
शिव जि कुन पशुपतिमा छन्
के स्वयम्भूका आँखाले
न्याय अन्याय छुट्टाएकै छन् त?
कति हाँस्छौ
ए नेपाली भएर
नेपाली हुन नसकेका हो
आँसुका धारा बगाएर
मुटु थिचेर
वेदना थुपारेर
यहाँ त नेताहरुले
नाम चलुन्जेल चलाए देश
दाम फलुन्जेल फलाए
सपना बाडी बाडी
पुस्तौ पुस्ता गलाए
लडाए
फसाए
बुझ उठ र आफ्नो शक्ति
देखाउ
नेपाली ए नेपाली
पाइला पाइलामा करेन्ट छ
जोगिएर उठ नेपाली
एकपटक मातृभूमिको लागि
फेरि गोर्खाली बन्नु छ
माटोले माग्यो भने
राजनीतिले चुसेर
बाँकी बसेको
एक थोपा रगत
सिन्चित गर्नुछ।