-ऋषि तिवारी
एकाएक उही हाम्रो छिमेकी हरिया रिक्सा ठेलामा तरकारी लिँदै बाटोमा हिड्दै थियो । म भने मर्निङवाकको सेरोफेरो सकेर घरफिर्ती हुदै थिएँ । घर नजिक नजिक पुग्नै लाग्दा हरिया तराजुमा तरकारी जोख्तै थियो । त्यहां अरु छिमेकीहरु पनि थिए । मास्क लगाएर दुरी कायम गर्दै तरकारी खरिद गर्दै थिए । म पनि हरिया छेऊ पुगें । उसले देख्यो मलाई । पहिले त अभिवादन गर्यो । 'भैया जी प्रणाम ।' अर्थात, 'दाजु नमस्कार ।' मैंले पनि सम्बोधन गरें । 'प्रणाम, हरिया कि हँ हाल खबर ?' ठिकै बा नि ? अर्थात, 'के छ हरिया हाल खबर ? ठिकै छ नि ?' उसले सकारात्मक शब्द बोल्यो। 'ठिकै छ दाजु ।' ऊ घरी नेपाली शब्द बोल्थ्यो,। घरी आफ्नो मधेसको मधेसी भाषा । जे भएपनि ऊ नेपालीपनको नेपाली थियो ।
'हरिया के हँ यी छोट्की छौरी ?' अर्थात, 'हरिया को हो यीनी सानी केटी ?' उसले मुस्कुराउँदै भन्यो, नेपाली भाषामा नै भन्यो, 'दाजु छोराछोरी पाउनको निम्ति मैले मन्दिरमा धेरै बलि दिएको थिए । भगवानले सुनेन् ।' तपाईंले एउटा शिक्षा दिनु भएको थियो । बलि रोकेर, डाक्टरलाई चेक गराउनु टेष्ट बेबी भन्नु हुँन्थ्यो नि ? त्यही टेष्ट बेबी हो मेरो यो सानो छोरी । 'आज, दुईबर्षकी भैसकेकी छ मेरो टेष्ट बेबी छोरी ।'
मैंले टपक्कै उसको भाषा लिपी गरें । अनि भनें, 'देख्ली हरिया आइकलके जमानामे जेनाके भि ध्यापुत्ताके जनम हौते ।' बैज्ञानिक युग चलल छ बहुत बड्का संसारमे। भगवानके द्वार पर बलि रोकल हम खुश हो गइल ।
अर्थात् 'देख्यौ हरिया, आजकलको जमानामा जसरी नि बालबच्चा हुन्छ ।' बैज्ञानिक युग चलेको छ, यो ठूलो संसारमा । भगवानको ढोकामा बलि रोक्यौ मलाई खुशी लागेको छ ।'
ऊ हाँस्यो र तरकारी भएको रिक्सा ठेला अघि बढाउँदैछ, र कराउँदैछ, 'ए आलु,कोबी, भान्टा, गाँजर मूला ।'
विराटनगर-६, ममता-मार्ग ।