- सुरेशकुमार पाण्डे
"कीन यसरी हाम्फाल्न खोजेको ?"- सञ्जयले च्याप्पै छोप्यो र भन्यो ।
ऊ केही पनि बोलेन।
" यो ताल धेरै गहिरो छ भन्ने थाहा छैन र तिमीलाई ? "-सञ्जयले फेरी अलि चर्को बोल्यो।
" मेरो घाउ भन्दा गहिरो त निश्यपनि छैन।"-प्रेमलालले मुख खोल्यो।
प्रेमलालको शब्दले सञ्जयको मन छोयो।
" के भयो र ? कसरी लाग्यो चोट।"- उन्ले बिन्रमता पूर्वक सोधे।
" के भनौँ ! भाई मेरोपनि खानपुग्ने पाटो थियो।तर दुश्मन् लागे वा आफैले गर्न जानिन .. ।"- ऊ बोल्दा बोल्दै भाभुक भयो र रोकियो
"के भयो ? न लुकाई भन आफ्नो बोझ अलि हलुङ्गो हुँन्छ। "- सञ्यले भन्यो।
" हामी छुट्टीने वेला एउटा राम्रो पाटो मेरो भागमा पनि परेको थियो । मैले सोँचे यो पाटोलाई थाती राखेर विदेश जान्छु र अरू दाई भाईको भन्दा अलि धेरै धन् कमाउँछु भनेर पाटो बिक्री गरें र विदेश गए।
तर त्यहाँबाट विदेशी भगाओ आन्दोलनको दवाबमा आएर त्यो कम्पनिले हटाइ दियो।
अब न घर न घाटको भयौँ। त्यसैले यो तलाउमा हामफाल्न खोजेको।"- प्रेमलालले निरास हुँदै भन्यो।
" अनि हामफाले पछि समस्या हल हुन्छ ? बरू तिमीलाई कायर भन्छन्। के तिम्रो यो जिन्दगी सँग अरूपनि जोडिएका हुँदैनन् ?"- सञ्जयले प्रश्न राख्यो।
प्रेमले आफ्नो पाँच वर्षीय बालख सम्झ्यो र भाबुक भयो।
घोराही-१८,दाङ