कोशी प्रदेशस्तरीय खेलकुद महोत्सव फागुन १३ गतेदेखि, तयारी तिब्र

<span class='c1'>कोशी प्रदेशस्तरीय खेलकुद महोत्सव फागुन</span> <span class='c2'>१३ गतेदेखि, तयारी तिब्र</span>

प्रदेश खेलकुद विकास बोर्डले फागुन १३ देखि १८ गतेसम्म कोशी प्रदेशस्तरीय खेलकुद महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवको तयारी तीव्र रूपमा भइरहेको छ।

पुरानो खेल बाघचालदेखि डोरीतानसम्म ११ खेल समावेश गरिएका छन्। महिला मात्रका लागि फुटबल र भलिबल, पुरुषका लागि सफ्ट टेनिस, डोरीतान र कबड्डी, जबकि एथलेटिक्स, टेबलटेनिस, बुद्धिचाल, कराते र तेक्वान्दोमा महिला-पुरुष दुवै सहभागी हुन पाउने छन्। भेट्रान खेलाडीका लागि बाघचाल प्रतियोगिता राखिएको छ।

महिला भलिबल झापाको दमकस्थित हिमाली माविमा, बाँकी सबै खेल विराटनगरमा हुनेछ। विराटनगरको सहिद रंगशाला र आसपासका मैदानमा खेल आयोजना हुने बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी दिए।

प्रदेशभरका १४ वटै जिल्ला खेलकुद विकास समितिलाई खेलाडी सहभागिताका लागि पत्राचार गरिएको छ। महोत्सवमा १२ सय खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्