नेपाल प्रहरी विधेयक संसदमा पेस

<span class='c1'>नेपाल प्रहरी विधेयक</span> <span class='c2'>संसदमा पेस</span>

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नेपाल प्रहरी विधेयक पेस गरेका छन् ।

लेखकले नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सोमबारको बैठकमा पेस गरेका हुन् ।

सभामुख देवराज घिमिरेले उनलाई नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएकामा उनले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । यसरी लेखकले असम्बन्धित विधेयक पेस गरेपछि संसदमा केहीबेर सांसदहरूबिच खासखुस चल्यो तर सभामुखले यसबारे भेउ पाएनन् भने उनले सैद्धान्तिक छलफल अघि बढाए । तर, सांसद रामहरि खतिवडाले विधेयक फरक परेको बताए । गृहमन्त्रीले नागरिकता विधेयक भनेपनि त्यसलाई प्रहरी विधेयकको रूपमा अघि बढाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्