अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज

<span class='c1'>अर्थमन्त्री विष्णुप्रसाद</span> <span class='c2'>पौडेल डिस्चार्ज</span>

कीर्तिपुर (काठमाडौँ) । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालबाट आज डिस्चार्ज हुनुभएको छ ।

गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर आगलागी हुँदा घाइते हुनुभएका अर्थमन्त्री पौडेल दुई दिनको उपचारपछि आज डिस्चार्ज हुनुभएको हो।

अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीले मन्त्री पौडेलको घाउ निको हुँदै गएको र श्वासप्रश्वास प्रणालीका अङ्गहरू र फोक्सोमा कुनै खराबी नदेखिएकाले डिस्चार्ज गरिएको जानकारी दिनुभयो । “छालाका घाउहरू निको हुने क्रममा छन् । पुरा निको हुन एक दुई साता लाग्छ, घाउको नियमित ड्रेसिङ गर्नुपर्ने हुन्छ”, डा नकर्मीले भन्नुभयो ।

सोही घटनामा जलनमा पर्नुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको भने उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने उहाँले बताउनुभयो । “उहाँको पनि जलन घाउ र त्यससम्बन्धी जटिलता देखिएको छैन”, उहाँले भन्नुभयो ।

डिस्चार्ज भएपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले चिकित्सा टोलीप्रति आभार प्रकट गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्