विराटनगर । विराटनगर – १६ रानीमा रहेको गौतम बुद्ध स्कुलले छैटौं फन फिष्टा तथा ४४ औं वार्षिकोत्सवमा मनाएको छ ।
स्कुल परिसरमा आज (बुधबार) एक कार्यक्रम आयोजना गरी फन फिष्टा तथा वार्षिकोत्सवमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको हो ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कार्यक्रमको उद्धघाटन गरे । कार्यक्रममा बोल्दै उनले गुणस्तरीय शिक्षासँगै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।
प्रविधिको विकाससँगै अब विद्यालयहरुले रोजगार मुखी शिक्षा दिएर अगाडी बढनुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल केशवलाल सिंह सुवालले स्थापना कालदेखि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै देशको लागि दक्ष जनशक्ति उत्पादन गरेर अगाडी बढेको बताए ।
विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै रोजगारमुखी दक्ष जनशक्ति उत्पादन गरेर विद्यालय अगाडी बढेको उनको भनाइ छ । त्यसैगरी विद्यालयका भाइस प्रिन्सिपल निकिता ताम्राकार सुवालले सिप र संस्कार सहितको शिक्षा दिएर गौतम बुद्ध स्कुल अगाडी बढेको बताइन् । सोही अवसरमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ती पनि प्रदान गरिएको छ । शैक्षिक शत्र २०८१ को लागि विद्यालयले उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको हो । एलकेजी देखि कक्षा दशसम्म प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई विद्यालयले छात्रवृत्ती प्रदान गरेको छ । प्रथम हुनेलाई पूर्ण छात्रवृत्ती, द्धितीयलाई ५० प्रतिशत र तृतीयलाई २५ प्रतिशत छात्रवृत्ती प्रदान गरेको विद्यालयले जनाएको छ । विद्यालयले बर्षभरी उत्कृष्ट काम गर्ने शिक्षक तथा कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।
त्यसैगरी वार्षिक उत्सवको अवसर पारेर विद्यालयमा सांस्कृतिक नृत्यको साथै विज्ञान प्रर्दशनी पनि आयोजना गरिएको थियो । विद्यार्थीहरुले बनाएको विभिन्न बस्तुहरु प्रर्दशनीमा राखेका थिए ।