नेपाल आइपुगेका विद्यार्थीले दिए प्रकृतिको आत्महत्याको घटना बारे विस्तृत जानकारी

<span class='c1'>नेपाल आइपुगेका विद्यार्थीले दिए प्रकृतिको</span> <span class='c2'>आत्महत्याको घटना बारे विस्तृत जानकारी</span>

काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाले बारे छानबिन गर्न र न्यायको माग गर्दै विभिन्न संघ, संस्थालगायत विद्यार्थीहरु आन्दोलित अवस्थामा छन् ।

विश्वविद्यालयमा पनि नेपाली विद्यार्थीहरुले आन्दोलन गरेपछि नेपाली विद्यार्थीमाथि विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, होस्टेलबाट निकालेर रेल्वे स्टेसन पुर्याउने, कुटपिट गर्ने जस्ता घटना सार्वजनिक भएको छ ।

सोही विश्वविद्यालयको एयरोस्पेस संकाय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी बेदानन्द मण्डलले उक्त घटना बारे विस्तृत जानकारी दिदैँ घटनापश्चात गल्स होस्टेलका सबै केटीहरुाई ताला लगाएर भित्रै थुनेको र लम्सालको मोबाईल, ल्यापटपमा छेड्खानी भएको बताएका छन् । उनले भने, ‘त्यसपछि गल्स होस्टेलमा सबै केटीहरुलाई बाधेर राखेको छ भन्ने कुरा आयो किनभने बाहिर निस्कियो भने सबै कुरा बाहिर आउछ भनेर गेटमा ताला लगाएर भित्रै थुनेर राख्ने काम भएको थियो । हामीले पछि नारा लगाउन थाले पछि हामी सबैलाई लगेर २ घण्टा जतिको मिटिङ् जस्तो भयो र त्यो समयमा प्रकृती लम्सालको मोबाईल, ल्यापटपमा छेड्खानी भएको छ । कोठाको सामानहरु सबै मिलाउने काम भएको रहेछ ।’

यसको साथै, उनले ह्यारेसमेन्ट गर्ने केटा आड्भिक श्रिवास्तव एमेलेको छोरा भएको कारण कलेजप्रशासनले बचाउने प्रयास गरेको पनि बताए । उनले भने, ‘हामी घटना भएको ठाँउमा पुगेर ह्यारेसमेन्ट गर्ने केटा आड्भिक श्रिवास्तव कहाँ छ भनेर सोधपुछ गरेका थियौं । आड्भिक श्रिवास्तव एमेलेको छोरा हो, मुख्य कुरा नै यही हो । त्यसको विरुद्धमा प्रकृतीले दुई पटकसम्म लिखित उजुरी र त्यो भन्दा बढि प्रशासनमा गएर उजुरी गरेको थियो । यसमा केही याक्सन भएको थिएन् । हामीले त्यो केटाको खोजी गर्दा उनीहरु पक्राउ परिसकेका छन् भन्ने कुरा आयो।’
यसको साथै अर्को विद्यार्थी अमिश पाण्डेले पनि सामानहरुको छेड्खानी पुलिसको सहभागितामा कलेज प्रशासनबाट भएको बताए ।

यसको साथै, उनले ओडिसाको पुलिस, कलेजको डिन, प्रशासनका मान्छे, होस्टेलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरुलाई कुटपिट गरेको भन्दै के हामी आतंकवादीहरु थियौं भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘त्यहाँ आन्दोलन गर्ने नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले कुटपिट गरेको थियो । त्यसको भोली पल्ट कलेजबाट नोटिस आयो, कलेजमा भएका जति पनि नेपाली विद्यार्थीहरु छन् उनीहरुलाई अर्को नोटिस नआएसम्मको लागि सस्पेन्ड गरिएको छ भनेर त्यसपछि होस्टल पनि छोडेर जाउ भनेर भन्नु भयो । ल ठिक छ भनेर हामी घर आउने तयारी गर्ने क्रममा ओडिसाको पुलिस, कलेजको डिन, प्रशासनका मान्छे, होस्टेलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरुलाई कुटपिट भईरहेको छ । बसमा राखेर पनि कुटि रहेको छ के हामी आतंकवादीहरु थियौं ।’

जथाभावी रुपमा विद्यार्थीहरुलाई बसमा चढाएर रेल स्टेसनमा अलपत्र छोडेको पनि उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्