उदयपुरमा बाराबाट जन्ती आएको बस मिनी ट्रकसँग ठोकिदाँ एकजनाको मृत्यु

<span class='c1'>उदयपुरमा बाराबाट जन्ती आएको बस</span> <span class='c2'>मिनी ट्रकसँग ठोकिदाँ एकजनाको मृत्यु</span>

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–७ जोगीदहस्थित मदन भण्डारी राजमार्गमा बाराबाट जन्ती लिएर आएको बस र मिनी ट्रक ठोक्किए दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना २६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदपयुरका अनुसार बाग्मती प्रदेश ०६–००१ ख ०१९५ नम्बर को बस र विपरीत दिशाबाट तेजपत्ता बोकी उदयपुरको कटारी तर्फ जाँदै गरेको ना. ८ख २४०४ नम्बरको मिनी ट्रक आपसमा ठोक्किएका थिए ।

मृत्यु हुनेमा बाराको गढी गाउँपालिका– ४ का ७० वर्षीय सीताराम धामी छन् । दुर्घटनापछि गम्भीर घाइते भएका धामीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले जानकारी दिए ।

अन्य २६ घाइतेमध्ये सामान्य उपचारपश्चात २० जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । दुईजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । गम्भीर अवस्थाका तीनजनाको न्युरो अस्पताल विराटनगर ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्