छ महिनामा २८ हजार बढीले लिए नागरिकता, आमाको नामबाट आठ जनालाई

<span class='c1'>छ महिनामा २८ हजार बढीले लिए</span> <span class='c2'>नागरिकता, आमाको नामबाट आठ जनालाई</span>

इशु पन्त
विराटनगर । मोरङ जिल्लामा चालु आर्थिक बर्षको छ महिना (साउन देखि पुष) सम्ममा २८ हजार २ सय ७८ जनालाइ नागरिता वितरण गरिएको छ भने ६३ जनाले नागरिकता त्यागेका छन् । नागरिकता त्याग्नेहरु एनआरएनको सुबिधा पाएको कारण नागरिकता त्यागेका हुन् । छ महिनाको अवधिमा ९२ जनाले एनआरएन सुविधा लिइएको तथ्यांकले देखाएको छ।

अघिलो आर्थिक बर्षमा २४ हजार २२१ जनाले मोरङ जिल्लाबाट नागरिकता लिएका थिए। त्यसैगरी ७२ जनाले नागरिकता त्यागेका हुन्। त्यसैगरी चालु आर्थिक बर्षको छ महिनामा आमाको नामवाट नागरिता पाउनेको संख्या आठ रहेको छ।

सबै कागजात पुगेको खण्डमा सबै नागरिकलाई सहजीकरणका साथ नै नागरिकता उपलब्ध गर्दै आएको प्रशासन अधिकृत बिमल पौडेलले बताएका छन् । कानुनी प्रक्रिया नपुगेको अवस्थामा मात्रै आफु पनि असमर्थ हुने उनको भनाई छ ।

उनको अनुसार बिगतका केहि बर्षदेखि आमाको नामपनि नागरिकतामा उलेख्ख गर्न थालिएको छ। नाता प्रमाणीकारणमा सहज हुने भएकाले आमाको नागरिकता उपलब्ध भएको खण्डमा आमाको नाम पनि पुष्टि गर्दै आएको बताउछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्