कोशी खेलकुद महोत्सव: पुरुष सडक दौडमा तेह्रथुमका लिम्बू र महिलामा खोटाङ्गकी बस्नेत प्रथम

<span class='c1'>कोशी खेलकुद महोत्सव: पुरुष सडक दौडमा तेह्रथुमका</span> <span class='c2'>लिम्बू र महिलामा खोटाङ्गकी बस्नेत प्रथम</span>

विराटनगर : विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता अन्तर्गतको पुरुष ५ किलोमिटर सडक दौड प्रतियोगितामा तेह्रथुमका सरोज लिम्बू प्रथम हुनुभएको छ। लिम्बूले ५ किलोमिटरको रोड रेस १५ मिनेट ४४ सेकन्डमा पूरा गर्दै प्रथम हुनुभएको हो।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद महोत्सव मूलसमारोह समितिका अध्यक्ष पाँचकर्ण राईले उद्घाटन गर्नु भएको सडक दौडमा पाँचथरका ओसन राईले १५ मिनेट ४७ पूरा गर्दै दोस्रो स्थान हासिल गर्नु भएको थियो भने ताप्लेजुङ्ग अमिर लिम्बूले १६ मिनेट ११ सेकन्डमा रेस पूरा गर्दै तेस्रो स्थान प्राप्त गर्नु भएको थियो।

त्यस्तै , ५ किलोमिटरको महिला सडक दौडमा खोटाङ्गकी द्रिपा बस्नेतले १९ मिनेट ४० सेकन्डमा पूरा गर्दै प्रथम हुनुभएको थियो भने २० मिनेट १३ सेकन्डमा पूरा गर्दै पाँचथरकी पुष्पा लिम्बूले दोस्रो स्थान हासिल गर्नु भएको थियो।

तेस्रो स्थान २० मिनेट ३२ सेकन्डमा दौड पूरा गर्नुभएकी संखुवासभाकी सुनकला राईले प्राप्त गर्नु भएको महोत्सवको एथलेटिक्स प्रतियोगिता संयोजक थलु राजभण्डारीले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्