कटहरीमा बिद्युत समस्या आए गुनासो सुन्नै मान्दैनन् फ्युज सेवाका कर्मचारी

<span class='c1'>कटहरीमा बिद्युत समस्या आए गुनासो</span> <span class='c2'>सुन्नै मान्दैनन् फ्युज सेवाका कर्मचारी</span>

इन्दु साह
विराटनगर । मोरङको कटहरी गाउँपालिकामा बिद्युतको समस्या आए उपभोक्ताले गुनासो गर्ने सम्बन्धित कार्यालय कर्मचारीविहीन हुने गरेको छ । कटहरी ३ मा नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र मातहतको कटहरी फ्युज सेवा छ । स्थानीयबाट बिद्युत सम्बन्धि कुनै गुनासो आए तत्काल समाधान गर्ने गरी प्राधिकरणले यस्तो फ्युज सेवा केन्द्र स्थापना गर्दछ । कटहरीमा समेत उपभोक्ताको सुविधाका लागि फ्युज सेवा राखिएको हो ।

कटहरीका उपभोक्ता विद्युत सेवा सम्वन्धि विविध समस्या लिएर पुग्दा कर्मचारी नभेटिने गरेकोले गुनासो राख्न नपाएको दावी गर्दछन् । सेवाग्राही कार्यलयमा जाँदा कार्यलयका सुरक्षा गार्ड मात्र भेटिन्छन् । सेवाग्राहीले सुरक्षा गार्डसँग समस्या सुनाउँछन् । तर, सुरक्षा गार्ड बिद्युत सेवासँग सम्बन्धित गुनासो सुनुवाई गर्ने व्यक्ति नभएकोले उनले वास्ता गर्दैनन् ।

सेवाग्राहीले फ्युज सेवामा खटाइएका प्राविधिक कहिल्यै नभेटिने गरिएको गुनासो गरेका छन् । उनीसँग सम्पर्क गर्ने नम्बर समेत सुरक्षा गार्डले उपलब्ध नगराउने गरेको बताए । उपभोक्ताका अनुसार अनुसार कार्यलयमा कर्मचारी नहुने, प्राविधिक टोलीले कार्य गरीदिन बहानाबाजी गर्ने, कार्यलयको फोन नउठ्ने लगायतको समस्या हुने गरेको बताए । यता, कटहरी फ्युज सेवाका इन्चार्ज सन्जय झाले भने यस विषयमा वास्तविक कुरा कटहरी कार्यलयमै पुगेर बुझ्न आग्रह गरेका छन् ।

उनले कार्यालयको सुरक्षार्थ बसेका गार्डले सेवाग्राहीलाई हप्कीदप्की गरेको विषय आफूलाई जानकारी नभएको बताउँदै त्यसो गर्न नहुने बताए । उनले फ्युज सेवाबाट दिनुपर्ने सेवामा कुनै कमि भए विराटनगर वितरण केन्द्रमा लिखित निवेदन दिनका लागि सेवाग्राहीलाई सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्