विराटनगर । विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सवमा झापाले बाघचालको उपाधि जितेको छ ।
कोशी खेलकुद विकास बोर्डले आयोजना गरेको महोत्सवअन्तर्गत प्रदेश स्तरीय बाघचाल प्रतियोगिता(भेट्रान्स पुरुष) ओखलढुंगालाई हराउदै झापाले उपाधि जितेको हो । उक्त प्रतियोगितामा ८ जिल्लाको सहभागीता रहेको थियो ।
प्रतियोगिताको उपाधि जित्दै झापाले ट्रफी , मेडल , प्रमाणपत्रसहित १५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता ओखलढुंगाले ट्रफी , मेडल , प्रमाणपत्र सहित १० हजार रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी तृतीय भोजपुरले ट्रफी , मेडल , प्रमाणपत्र सहित ५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको विजेता खेलाडीलाई बाघचाल प्रतियोगिताका संयोजक कालीदास भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए ।
खेलकुद महोत्सवमा विभिन्न खेलका प्रतियोगिताहरु मोरङको विराटनगरमा र झापाको दमकमा जारी रहेको छ । खेलकुद महोत्सवमा महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस तथा डोरीतानलगायतको खेल समावेश गरिएको आयोजकले जनाएको छ ।