युक्रेनी राष्ट्रपतिलाई तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप

<span class='c1'>युक्रेनी राष्ट्रपतिलाई तेस्रो विश्वयुद्ध</span> <span class='c2'>निम्त्याउन खोजेको आरोप</span>

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताको विश्वभर चर्चा चलिरहेको छ ।

जेलेन्स्कीले युक्रेनको दुर्लभ पृथ्वी खनिजहरूमा अमेरिकालाई पहुँच दिनको लागि सम्झौतामा हस्ताक्षर नगरी शुक्रबार ह्वाइट हाउस छाडेको विषयले निकै चर्चा पाइरहेको छ ।

ओभल अफिसमा भएको वार्ता विफल भएपछि तेस्रो युद्ध हुने चिन्ता थपिएको छ । वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीले माग गरे अनुसार संयुक्त राज्यले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन नसक्ने टिप्पणी गरेका थिए । ट्रम्पले भने,‘जेलेन्स्की अमेरिकी समर्थनका लागि तयार छैनन् र उनलाई ‘तृतीय विश्व युद्धको साथ जुवा’ खेल्न खोज्दैछन् ।’

अमेरिकासँग दुर्लभ खनिज सम्झौता गर्न र रुसको प्रभाव रोक्न वासिङ्टन पुगेका जेलेन्स्कीलाई ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनले अमेरिका अपमान गरेको आरोप लगाएपछि बैठकमा तनाब बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।, ट्रम्पले जेलेन्स्कीको अवस्था कमजोर रहेको र युक्रेनसँग कुनै उपाय नभएको टिप्पणी गरेका थिए । जवाफमा जेलेन्स्कीले आफू गम्भीर रहेको बताउँदै रूसप्रति नरम नहुन आग्रह गरेका थिए ।(सीसीटीभीप्लस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2