संजीवनी अस्पताल विवाद : आपसी समझदारीमा मिलाउन दुवै पक्ष सहमत

<span class='c1'>संजीवनी अस्पताल विवाद : आपसी</span> <span class='c2'>समझदारीमा मिलाउन दुवै पक्ष सहमत</span>

विराटनगर । विराटनगर–९ अस्पताल चौकमा रहेको संजीवनी हस्पिलल एण्ड आईभिएफ सेन्टरमा दुई पक्षबीच भएको मुनाफा बाँडफाँड विवाद आपसी समझदारीमा मिलाउन दुवै पक्ष सहमत भएका छन् । जिल्ला प्रहरी कार्यालयमा अस्पतालका सञ्चालक डा.दिवाकर यादव र अर्को पक्षबीच छलफल भएपछि अहिले दुवैतर्फका चिकित्सकहरु त्यहाँबाट बाहिरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बेदप्रकाश जोशीले विवादमा संलग्न दुई पक्षबीच आपसमा मिल्नसक्ने संभावना खोज्न भन्दै आइतबार दिउँसो उनीहरु गएको जानकारी दिए । उनले सोमबार दिउँसोसम्ममा आन्तरिक छलफल गरेर निष्कर्ष निकाल्ने दुई पक्षको सहमति भएको बताए ।

यता अस्पताल तोडफोड आरोपमा पक्राउ परेका भनिएका डा. बिशाल अग्रवाल र डा. वाकर अहमदले आफूहरु प्रहरी नियन्त्रणमा नभई सम्पर्कमा मात्रै रहेको बताएका छन् । डाक्टर बिशालले सामान्य विवाद मात्रै भएको बताउँदै प्रहरीले घटनाका बारेमा बुझ्ने भनेपछि सहयोग गरिएको बताए ।

संजीवनी अस्पतालको लाभांस बाँडफाँडको सम्झौता र शर्तनामा पालना नहुँदा अस्पतालका पूर्व सञ्चालक चिकित्सकहरु शनिबार बिहान अस्पतालमा प्रवेश गरेर तोडफोड तथा सुरक्षा गार्डमाथि हातपात गर्ने तहसम्म उत्रिएको आरोप थियो । अस्पताल परिसरमा व्यवस्थापनसँग कुरा गर्न पुगेका चिकित्सकको समूहलाई सुरक्षागार्डले रोक्ने प्रयास गरेपछि उनीहरुले सुरक्षा गार्डमाथि नै आक्रमण गरेर भित्र प्रवेश गरेको भिडियो बाहिरिएपछि त्यसमा प्रहरीले चासो राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्